रियल म्याड्रिड क्लब विश्वकपको क्वाटरफाइनलमा

 

काठमाडौँ । रियल म्याड्रिड जारी फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ ।

Nepal life insurance

गएराती सम्पन्न नकआउट चरणको खेलमा रियल म्याड्रिडले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो ।

रियल म्याड्रिडको जितमा खेलको ५४औं मिनेटमा गोन्जालो ग्रासियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

अब रियल म्याड्रिडले आजै हुने डोर्टमण्ड र मोन्टेरीबीचको खेलको विजेतासँग क्वाटरफाइनलमा खेल्ने छ ।

 

Nepal life insurance