विजयनगरमा जेष्ठ नागरिक सञ्जाललाई क्षमता विकास तालिम सम्पन्न

 

images

images

 

-धर्मेन्द्र कुमार कुर्मी (चौधरी)

विजयनगर, कपिलवस्तु, २९ असार । कपिलवस्तुको विजयनगर गाउँपालिकामा जेष्ठ नागरिक सञ्जालका प्रतिनिधिहरूलाई लक्षित गरी क्षमता विकास तालिम सम्पन्न गरिएको छ। सामाजिक सेवा तथा समावेशीकरण कार्यक्रम अन्तर्गत आयोजित तालिममा जेष्ठ नागरिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तालिमको उद्देश्य जेष्ठ नागरिक सञ्जालका सदस्यहरूलाई नेतृत्व विकास, नीति अवलम्बन, अभिलेख व्यवस्थापन तथा समावेशी समृद्धिमा सञ्जालको भूमिका स्पष्ट गर्नु रहेको आयोजकहरूले बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी थारू चौधरीले जेष्ठ नागरिकहरू समाजको अनुभव र ज्ञानको भण्डार भएको बताउँदै परिवार तथा समुदायले उनीहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्नेमा जोड दिइन्।

images

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जेष्ठ नागरिकको अनुभव र योगदानलाई सम्मान गर्नुपर्नेमा जोड दिँदै यस प्रकारका तालिमले उनीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।

images

रसँग गठबन्धन गरेका छौं । मुख्यमन्त्रीले दादागिरी शैलीमा हाम्रा मन्त्रीलाई बर्खास्त गर्नु सैह्य हुँदैन, हामी अब प्रतिपक्षीमा जान्छौं ।’केन्द्र सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई राजीनामा गर्न लगाउने उनले बताए ।

 

images

Nepal life insurance