चेल्सी फिफा क्लब विश्वकपको सेमिफाइनलमा

images

 

काठमाडौँ । चेल्सी जारी फिफा क्लब विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

शनिबार बिहान सम्पन्न क्वाटरफाइनलको खेलमा ब्राजिलियन क्लब पाल्मिरासलाई २-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

चेल्सीको जितमा कोल पाल्मरले एक गोल गरेका थिए भने एक गोल पाल्मिरासका अगस्टिन गियाले आत्मघाती गोल गरेका थिए । त्यस्तै पाल्मिरासका लागि एक गोल एस्टेभाओले गरेका थिए ।

अब चेल्सीले सेमिफाइनलमा अर्को ब्राजिलियन क्लब फ्लुमिनेन्सको सामना गर्ने छ । सेमिफाइनल खेल जुलाई ८ मा हुने छ । त्यस्तै हारसँगै पाल्मिरासको विश्वकप यात्रा समाप्त भएको छ ।

 

Nepal life insurance