मर्चवारीका वडा अध्यक्षसहित २ जना घुस रकमसहित पक्राउ

images

 

बुटवल । रुपन्देहीको मर्चवारी गाउँपालिका-३ का वडा अध्यक्ष जनार्दन यादवसमेत २ जना घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले वडा अध्यक्ष यादवसहित दुई जनालाई तीन लाख घुससहित सोमबार पक्राउ गरेको हो ।

अख्तियारले वडाका बिभिन्न योजनाहरुको निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी सिफारिस गर्ने योजनार्थ सेवाग्राहीसँग गणेश ट्रेडिङ्गका संचालक विपिन कुमार पाण्डेयलाई लिन लगाई निज विपिन कुमार पाण्डेयले लिइसकेको अवस्थामा घुस रकमसहित दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

 

Nepal life insurance