बच्चा जन्माउने स्कुले किशोरीलाई रूसले दिन थाल्यो बिशेष आर्थिक प्याकेज

images

 

मस्को, २४ चैत । रूसका केही भु–भागहरूमा, गर्भवती स्कूली छात्राहरूलाई बच्चा जन्माउन र हुर्काउन १० हजार रूबल भन्दा बढी भुक्तानी गरिन थालिएको छ ।

Nepal life insurance

विगत केही महिनाहरूबाट रूसको दस क्षेत्रहरूमा सुरु गरिएको यो नयाँ पहल रसियाको नयाँ जनसांख्यिकीय रणनीतिको हिस्सा हो, जसले मार्च २०२५ मा अपनाएको नीतिलाई फराकिलो बनाउँछ। यो केवल वयस्क महिलाहरूमा मात्रै लागू गरिएको छ ।

अर्थात्, वयस्क भएका विद्यालयका छात्राहरूले बच्चा जन्माए मात्र यो पैसा दिइन्छ। देशको जन्मदरमा आएको नाटकीय गिरावटलाई ध्यानमा राखेर यो योजना तयार गरिएको रूसी सञ्चारमाध्यमले जनाएको छ । जसलाई ‘प्रोनाटालिज्म’ भनिन्छ, यो भनेको बच्चा जन्माउन प्रोत्साहन गर्ने नीति हो।

रसियामा जन्मदर बढाउन र जनसङ्ख्या घट्न नदिन देशका धेरै भु भागमा ‘प्रोनटालिज्म’ नीति लागू गर्न खोजिकएको छ । यी नीतिहरूमा आर्थिक प्रोत्साहनहरू समावेश रहेका छन्, जस्तै स्वस्थ बच्चाको जन्ममा नगद भुक्तानी र मातृत्व लाभहरू पनि यसमा पर्छन्  ।

सन् २०२३ मा रुसमा प्रति महिला जन्मने बच्चाको संख्या १.४१ थियो, जो आवाश्यक २.०५ को दर भन्दा धेरै नै कम हो, जुन यसको वर्तमान आकारमा जनसंख्या कायम राख्न आवश्यक स्तर हो।

images

तर, किशोर किशोरीहरूलाई स्कूलमा छँदा बच्चा जन्माउनको लागि भुक्तानी गर्नु रसियामा विवादास्पद मुद्दा हो। रुसी पब्लिक ओपिनियन रिसर्च सेन्टरले हालै गरेको सर्वेक्षण अनुसार ४३ प्रतिशत रुसीले यो नीतिलाई समर्थन गरेका छन् भने ४० प्रतिशतले यसको विरुद्धमा उभिएका छन्। तर, यो देशले बालबालिकाको संख्या बढाउन उच्च प्राथमिकता दिएको सङ्केत हो ।

images

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ठूलो जनसङ्ख्यालाई समृद्ध महाशक्तिको सङ्केतका रूपमा हेर्छन् । साथै विशाल र बढ्दो क्षेत्रमाथि नियन्त्रण र शक्तिशाली सैन्य शक्ति बढाउन पनि जनसंख्या आवाश्यक रहेको ठान्छन् । यद्यपि, विरोधाभासपूर्ण रूपमा, युक्रेनमा आक्रमण गरेर र गैरकानूनी रूपमा आफ्नो भू–भाग जोडेर रूसको भौतिक आकार बढाउने उनको प्रयास पनि रूसको घटदो जनसंख्या विनाशकारी भएको छ।

उता, केही अनुमान अनुसार युक्रेन युद्धमा मारिएका रूसी सैनिकहरूको संख्या २ लाख ५० हजार सम्म पुगेको छ । जबकि, युद्धले लाखौं सबैभन्दा शिक्षित रूसीहरू भाग्न बाध्यसमेत भइरहेको बेला रूसले यो किशोरीलाई गर्भवती हुन प्रोत्साहन गरेको हो ।

images

यो अनुमान गरिएको छ कि २०५० सम्म विश्वका तीन चौथाई भन्दा बढी देशहरूमा प्रजनन दर यति कम हुनेछ कि तिनीहरूले आफ्नो जनसंख्या कायम राख्न सक्षम हुने छैनन्। महिलालाई बढी सन्तान जन्माउन प्रोत्साहन गर्ने नीतिहरू ल्याउने पुटिन मात्र विश्व नेता होइनन्, अन्य युरोपेली र विकसित एसियाली मुलुकहरू पनि छन् ।

 

Nepal life insurance

Nepal life insurance