मुल्डर सायद आत्तिएर गल्ती गरे, ४०० रन बनाउने अवसर बारम्बार आउँदैन- क्रिस गेल

images

 

काठमाडौँ । दक्षिण अफ्रिकाका वर्तमान कप्तान वियान मुल्डरले आफ्नो निजी ३६७ रनमा इनिंग घोषणा गरको विषय अहिले क्रिकेट जगतमा चर्चाको विषय बनेको छ । मुल्डरले जिम्बाबेविरुद्ध अविजित ३६७ रन बनाएको अवस्थामा इनिंग घोषणा गरेर ब्रायन लाराको ४०० रनको रेकर्ड तोड्ने अवसर आफैले गुमाएका थिए ।

उनले यस निर्णयमा लारा महान खेलाडी भएकोले आफुले सम्मानस्वरूप त्यस्तो निर्णय लिएको बताएका थिए । उनको यस निर्णयलाई धेरै क्रिकेटरले गलत निर्णय भनेका छन् । खेलाडीको जीवनमा धेरै कम पटक यस्तो अवसर आउने भन्दै मुल्डरले गलत निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

यसैबीच वेस्ट इन्डिजका पूर्व कप्तान क्रिस गेलले पनि मुल्डरको आलोचना गरेका छन् । लाराका पूर्व सहकर्मी समेत रहेका गेलले मुल्डर ‘सायद आत्तिएको’ र ‘गल्ती गरेको टिप्पणी गरेका छन् । गेलले जीवनमा एक पटक पाउने अवसरको उनले फाइदा नउठाएको बताएका छन् ।

गेलले टक स्पोर्ट्सलाई भने- ‘यदि मलाई ४०० रन बनाउने मौका मिलेको भए, म ४०० रन बनाउने थिए । यस्ता अवसरहरू बारम्बार आउँदैनन् । तपाईंलाई थाहा छैन, तपाईंले अर्को पटक तेहोरो शतक बनाउने मौका कहिले पाउनुहुनेछ । जब तपाईंलाई यस्तो अवसर मिल्छ, तपाईंले यसको पूर्ण फाइदा उठाउनुपर्छ ।’

 

Nepal life insurance