गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने पूज्य पात्र हुन्- प्रधानमन्त्री ओली

images

 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र भएको बताएका छन् ।

Nepal life insurance

आज गुरु पुर्णिमाको अवसरमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले  गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्दै हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्-  

आज गुरु पूर्णिमा । यस दिनलाई महर्षि व्यास जयन्तीका रूपमा पनि लिइन्छ । हाम्रो प्राचीन पूर्वीय सभ्यताले आफ्नो अन्तरतम अस्तित्व चिन्न दृष्टि दिने व्यक्तिलाई गुरु भन्छ र संसारको बारेमा सिकाउनेलाई शिक्षक भन्छ । गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् । हामीलाई अरुमाथि प्रश्न गर्ने होइन, आफ्नो आन्तरिक सत्यमा प्रकाश दिने साक्षात् ‘दीप’ चाहिएको छ। त्यस्तो दीप भनेको विवेक हो ।

गुरु पूर्णिमाको पवित्र दिन हामी सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् । सबैलाई शुभकामना !

 

Nepal life insurance

images