जोकोभिचलाई हराउदै सिनर विम्बल्डनको फाइनलमा

images

 

काठमाडौँ । नोभाक जोकोभिचलाई हराउदै जारी इटालियन खेलाडी जानिक सिनर विम्बल्डनको पुरुष सिंगल्सको फाइनलमा पुगेका छन् ।

सिनरले जोकोभिचलाई तीन सेटमा पराजित गरेका हुन् । उनले ६-३, ६-३ र ६-४ को सेटमा जित हासिल गरेका हुन् ।

Nepal life insurance

२३ बर्षिय सिनर पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् । उनले अहिलेसम्म तीन ग्राण्ड सलाम जितेका छन् । सिनरले २०२४ र २०२५ को अस्ट्रेलियन ओपन जितेका थिए भने २०२४ मा युएस ओपन जितेका थिए ।

अब सिनरले फाइनलमा स्पेनका स्पेनका कार्लोस अल्काराजसँग उपाधिका लागि खेल्ने छन् ।

अल्काराजले अमेरिकाका टेलर फ्रिट्जलाई चार सेटमा पराजित गर्दै फाइनलमा पुगेका हुन् । अल्काराजले ६-४, ५-७, ६-३ र ७-६ (८-६) को सेटमा जित हासिल गरेका थिए । अल्काराजले पछिल्लो दुई विम्बल्डन सिंगल्स लगातार जितेका छन् ।

 

Nepal life insurance