क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

imagesimages

 

मुम्बई, २८ असार । क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो हो । क्रिकेटरले अभिनेत्रीसँग विवाह गरेको धेरै उदाहरण छन् । जसमा विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता क्रिकेटरहरू छन्।

शाहरुख खान र प्रीति जिन्टा जस्ता केही बलिउड सेलिब्रेटीहरू पनि क्रिकेट टोलीको मालिक छन्। यी सेलिब्रेटीहरू महत्वपूर्ण क्रिकेट खेलहरूमा पनि स्टेडियममा देखिने गर्छन्। आमिर खान पनि ती सेलिब्रेटीमध्ये एक हुन् ।

सन् २०१३ मा सचिन तेन्दुलकरले क्रिकेटबाट सन्यास लिँदा र २०११ को विश्वकपको फाइनलमा एमएस धोनीले छक्का प्रहार गर्दा भारतलाई जित दिलाउन उनी वानखेडे स्टेडियममा उपस्थित भएका थिए।

सुपरस्टारको क्रिकेट कनेक्सन यहीँ टुंगिदैन । हालै लालनटपलाई दिएको एक अन्तर्वार्तामा आमिर खानले निकै चकित पार्ने खुलासा गरेका छन् । आमिर खानले कसरी जावेद मियाँदादले प्रहार गरेको छक्काले आफ्नो वैवाहिक जीवनको खुसीलाई बर्बाद गरेको बताए ।

वास्तवमा, आमिर खानले १८ अप्रिल १९८६ मा गोप्य रूपमा रीना (आमिर खानकी पहिलो पत्नी) सँग विवाह गरेका थिए। उनले विवाह गरेकै दिन पाकिस्तानी खेलाडी जावेद मियाँदादले अस्ट्रेलिया–एसिया कपको फाइनलमा भारत विरुद्ध अन्तिम बलमा छक्का प्रहार गरेर आफ्नो टोलीलाई जित दिलाएका थिए ।

images

आमिर खानले अन्तर्वार्तामा भनेका थिए, ‘हामी र रीनाले गोप्य रूपमा बिहे गरेका थियौं र आमाबुवालाई पनि बताएनौं । यो त्यही दिन थियो, जब मियाँदादले शारजाहमा अन्तिम बलमा छक्का प्रहार गरेर पाकिस्तानलाई भारतमाथि जित दिलाएका थिए। हामीले त्यही दिन बिहे गरेका थियौं, घर फर्किदा हामी निकै तनावमा थियौं तर सबैले खेल हेरिरहेका हुनाले हामीलाई कसैले केही सोधेनन्।’

images

आमिरले भने, ‘विवाह भएको दिन म खुसी थिएँ । त्यो दिन भारतले खेल हारेको जित्ने अवस्था थियो त्यो पनि पाकिस्तानविरुद्ध । तर, मियाँदादले छक्का प्रहार गरेका कारण भारतले हार्नु परयो । धेरै वर्ष पछि मैले जावेद मियाँदादलाई विमानमा भेटेंका थिए। मैले उसलाई भनें, ‘जावेद भाइ, तपाईंले राम्रो गर्नु भएन, तिमीले मेरो वैवाहिक जीवन बिगार्यौ। त्यो दिन तपाईंले छक्का प्रहार गर्नु भयो नि त्यसपछि म डिप्रेसनमा गएँ ।’

उल्लेखनीय छ कि जावेद मियाँदादलाई अहिलेसम्म पाकिस्तानका महान ब्याट्सम्यान मध्ये एक मानिन्छ। उनले १२४ टेस्ट खेलमा ५२.५७ को औसतमा ८८३२ रन बनाए भने २३३ ओडीआई खेलमा ४१.७० को औसतमा ७३८१ रन बनाए। भारत विरुद्ध छक्का प्रहार गरी खेलेको खेल जित्ने इनिङ्स सधैं सम्झनामा रहेको छ ।

images

 

Nepal life insurance