




काठमाडौँ । अभिनेता अनमोल केसी र जसिता गुरुङको फिल्म ‘जेरी अन टप’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलूक पोस्टर सार्बजनिक गरिएको छ ।

विहिबार फिल्मका निर्माताले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म असोज ३१ गते रिलिज हुने जानकारी दिइएको छ ।

सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौंमा छायांकन गरिएको फिल्मको कथा पदयात्राको क्रममा हुने प्रेमको बारेमा रहेको अनुमान पोस्टरबाट गर्न सकिन्छ ।

सुयोग गुरुङले निर्देशन गरेको यस फिल्मको कथा हेमराज बीसीको हो भने सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले फिल्म निर्माण गरेका हुन् ।
यो फिल्ममा भुवन केसी, उषा खड्गी र केदार घिमिरेको पनि अभिनय रहेको छ ।



