विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित

imagesimages

 

काठमाडौं । विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ । नेकपा (विप्लव) निकट संगठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो ।

उनीहरुलाई  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संगठनमा समाहित भएका नेता कार्यकर्तालाई स्वागत गरेका थिए ।

नेकपाको सम्पर्क समितिसहित विभिन्न अन्य राजनीतिक दल परित्याग गरेर पनि धेरै नेताकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी दिइएको छ ।

माओवादी केन्द्रमा समाहित हुने नेताकार्यकर्ताहरूमा वासुदेव पौडेल, अनिषा पन्थी, जीवन भण्डारी, चिराग पौडेल, केशव राज न्यौरे, कुशल ढकाल, सुरज पाण्डे, अर्जुन क्षेत्री, रामकृष्ण ढकाल, युवराज अर्याल, देवी प्रसाद न्यौपाने, सागर भण्डारी, सन्देश न्यौपाने, सुवास सापकोटा लगायत रहेको माओवादी केन्द्रले जनाएको छ ।

 

Nepal life insurance

images

 

अन्य समाचारहरु