गजल- छैन प्रेम लाखौं धन खर्चिएर के हुन्छ …

imagesimages

 

” गजल “

-मिरा ज्ञवाली (आस्था)

छैन प्रेम लाखौं धन खर्चिएर के हुन्छ
मूर्तिसामु नौनीझैँ पग्लिएर के हुन्छ

जिन्दगी परीक्षा हो बन्छ श्रम लगानीले
गर्नुपर्छ सङ्घर्ष तर्किएर के हुन्छ

विज्ञता भएकाले मात्र हो शिखर चुम्ने
सीप बोझ ठान्नेले झुन्डिएर के हुन्छ

छन् खुसी यतै घरमा बुझ्नुपर्छ हामीले
छैन प्रेम धनमात्रै बर्सिएर के हुन्छ

जन्मिँदै छ लेखेको पाउने त्यही नै हो
छैन जे त्यहीमात्रै सम्झिएर के हुन्छ

images

-मिरा ज्ञवाली (आस्था)

images

 

Nepal life insurance

images