कपिल शर्माको क्यानडाको कफी शपमा फेरी गोली प्रहार

imagesimages

 

क्यानडा, २३ साउन । क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित कमेडियन कपिल शर्माको क्याफेमा फेरी गोली हानाहान भएको छ ।

Nepal life insurance

मिडिया रिपोर्टका अनुसार बिहीबार बिहान ८५ एभिन्यू र स्कट रोडमा रहेको यो क्याफेको झ्यालमा कम्तिमा ६ बुलेट प्वाल र टुटेको सिसा देखिएको थियो ।

लरेन्स ग्याङसँग सम्बन्धित गोल्डी ढिल्लनको एउटा पोस्ट भाइरल भइरहेको छ, जसमा उनले कपिलको क्याफेमा भएको गोलीबारीको जिम्मेवारी लिएका छन्, यो पोस्ट कुन सामाजिक साइटमा गरिएको हो ? यो स्पष्ट छैन।

एक महिनाअघि पनि यहाँ गोली चलेको थियो । त्यसपछि आक्रमणकारीले क्याफेमा ९ राउण्ड फायर गरेका थिए । त्यसपछि खालिस्तानी आतंकवादी हरजीत सिंह लड्डीले आक्रमणको जिम्मेवारी लिएका थिए। हिजो साँझ भएको गोली बारीबारे प्रहरीले अहिलेसम्म कुनै जानकारी दिएको छैन् तर सरे प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ।

images

स्थानीय बासिन्दा बब सिंहले सञ्चारमाध्यमलाई भने, ‘मैले आफ्नो घरबाटबाट हेरेँ र पाँच–छ वटा गोली चलेको आवाज सुनें । यसपछि प्रहरी आयो ।’ कपिल शर्माले तीन दिनअघि आफ्नो क्याफेमा भएको गोलीकाण्डमा पहिलो पटक प्रतिक्रिया दिएका थिए । कपिलले सामाजिक सञ्जालमा जारी विज्ञप्तिमा सरेका मेयर ब्रेन्डा लोके र प्रहरीलाई धन्यवाद दिएको बताएका छन् ।

images

उनले लेखेका छन्, ‘हामीलाई माया र समर्थन देखाउन आएका सबै अधिकारीहरूलाई धन्यवाद। हामी हिंसाको विरुद्धमा एकजुट छौं।’ कपिलले आफू र आफ्नो परिवार नडराउने र शान्ति र सुरक्षाको पक्षमा दृढ भएर उभिने स्पष्ट पारेका छन् ।

 

images

Nepal life insurance