म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्तेष्टीको अझै भएन टुंगो

imagesimages

 

म्यानमार, २४ साउन ।  म्यानमारका कार्यवाहक राष्ट्रपति बनेका मिन्ट स्वेको निधन भएको छ ।

चार वर्षअघि आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी विवादस्पद परिस्थितिमा उनी कार्यबहाक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका थिए।
श्रीमती र दुई छोराछोरीसहित रहेको उनी ७४ वर्षका थिए ।

उनको मृत्यु बिहिवार भए पनि हालै सेनाले यो जानकारी दिएको हो । म्यानमारको सेनाको सूचना शाखाले जारी गरेको विज्ञप्ति अनुसार बिहीबार बिहान राजधानी नेपिताउको सैनिक अस्पतालमा उनको मृत्यु भएको हो।

करिब एक वर्षअघि बिरामी भएको खबर सार्वजनिक भएपछि मिन्ट स्वेले राष्ट्रपतिको कार्यभार सम्हाल्न बन्द गरेका थिए, सेनाको सूचना शाखाबाट छुट्टै विज्ञप्तिमा उनको अन्त्येष्टि राजकीय सम्मानका साथ हुने भनिएको छ तर मिति भने घोषणा गरिएको छैन् तर कारण पनि खुलाइएकाे छैन ।

म्यानमारको आधिकारिक जानकारीका अनुसार उनको अवस्था नाजुक छ र उनी जुलाई २४ देखि नेप्यितावको सैन्य अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा भर्ना भएका थिए ।

images

गत वर्ष जुलाईमा मिन्ट स्वे मानसिक विकारबाट पीडित भएको खबर आएको थियो।  जसका कारण उनी खाना खाने जस्ता सामान्य दैनिक काम गर्न नसक्ने भएका थिए । केही दिन पछि, उनले आफ्नो चिकित्सा बिदाको क्रममा सैन्य सरकारका प्रमुख वरिष्ठ जनरल मिन आङ ह्निङलाई राष्ट्रपतिको जिम्मेवारी हस्तान्तरण गरेका थिए ।

images

 

Nepal life insurance

images