बोकेर ल्याइयो ‘फ्लाइङ कार’ !

imagesimages

 

काठमाडौं ।  तातोपानी नाका तर्फको सडक दुई सातादेखि ठप्प रहँदा नाडा अटो शोको मुख्य आकर्षण हुने भनिएको उड्ने कार बोकेरै काठमाण्डु ल्याइएको छ ।

कारलाई भरिया लगाइ बोकेर ल्याइएको नेपालका लागि दिपलका गाडी बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले जनाएको छ। उक्त उड्ने विद्युतीय कार भदौ ३ गतेदेखि काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२५ मा प्रदर्शन गरिनेछ ।

Nepal life insurance

चांगन अटोमोबाइलको सब ब्रान्ड दिपलले बनाएको ‘अटोनोमस फ्लाइङ कार’ नाडा अटो शोमा राख्न लागिएको हो । जसलाई इलेक्ट्रिकल भर्टिकल टेकअफ एण्ड ल्यान्डिङ ईभीटीओएल 0ई-भोल्ट) फ्लाइङ कार) समेत भनिन्छ ।

नेपालमा पहिलो पटक आउने लागेको ‘फ्लाइङ कार’ हेर्न धेरै मानिस उत्सुक छन् ।

चांगानले विकास गरेको इलेक्ट्रीक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको ‘ई-भोल्ट फ्लाइङ कार’ लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी प्रयोग भएको कार हो । साथै, कारमा दीपलले प्रयोग गर्दै आएको फिचरहरु पनि छन् ।

चांगान ग्रुपले ई भोल्ट फ्लाइङ कार टेक्नलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको छ ।
दीपल ब्राण्डले नेपालमा पहिलो पटक उड्ने कार ल्याएर इतिहास बनाएको छ ।

दुईजना वस्न मिल्ने यस कारलाई स्वचालित रुपमा उडाउन मिल्छ । एक पटकको फुल चार्जमा ३० किलोमिटर रेन्ज प्रदान गर्ने यस कारको स्पिड भने प्रति घन्टा १३० किलोमिटर मात्रै छ ।

images

यो कार दुई सिट क्षमताको छ, जसमा ८ वटा प्रोपेलर र ८ वटा इलेक्ट्रिक मोटरहरू छन्। साथै, सुरक्षाका लागि मल्टी प्यारासुट प्रणाली पनि जडान गरिएको छ। यसले शहरी हवाई यातायातलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

images

दक्षिण एसियामै अटो प्रदर्शनीका नाममा भए पनि उड्ने कार भित्र्याउने पहिलो मुलुक नेपाल हुने भएको छ । उड्ने कार पूर्णरूपमा विद्युतीय छ । यो कारले ठाडो उडान र अवतरण गर्छ । यससँगै, आगामी दशकहरूमा सहरी गतिशीलतामा क्रान्तिकारी परिवर्तन ल्याउने नवप्रवर्तनको अपेक्षा यसबाट गरिएको छ ।

 

images

Nepal life insurance