चीनसँगका नाका तत्काल व्यवस्थापन गर्न रास्वपाको अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण

imagesimages

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा उद्योग वाणिज्य विभाग प्रमुख गणेश पराजुली नेतृत्वको टोलीले अर्थमन्त्री विष्णु पौडेलको चीनसँगको नाका तत्काल व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ ।

Nepal life insurance

रास्वपाले मितेरी पुल बाढीले बगाएपछि रसुवागढी नाका अवरुद्ध भएको र पहिरोका करण तातोपानी नाका समेत अवरुद्ध भएकाले व्यवसायीहरु समस्यामा परेको भन्दै अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षणमा रास्वपाले भनेको छ- 

अषाढ २४  गतेको भिषण बाढीका कारण नेपाल र चीन जोड्ने मितेरी पुलसहित त्यहाँको  संरचना ध्वस्त भई ठूलो मानवीय र भौतिक क्षति भएको  विषयमा सरकार अबगत नै  छ। उक्त विपद् मा  २२ जना व्यक्तिको ज्यान गएको र व्यावसायिले आयात गरेका  सामान सहितका १८ वटा कन्टेनर सरकारको भन्सार यार्डबाट बगाएर लगेको छ।  केरूङ नाका अन्तर्गतको टिमुरे भन्सार यार्ड तथा सुख्खा बन्दरगाह (Dry Port) बाढिको क्षेतिका कारण तत्काल प्रयोगमा ल्याउने गरि सम्बन्धित निकायले काम गर्न सकेको देखिएन, तर व्यावसायिले आयत गरेका करिब ६०० भन्दा बढी कन्टेनर नाका पारि अलपत्र अबस्थामा रहेको सरकारलाई अवगत नै छ ।

साथै  वर्षा र बाढिका कारणले  तातोपानी नाका जोड्ने कोदारी राजमार्गस्थित “इकु” भन्ने स्थानमा लेदो सहितको पहिरो खसेर करिब ५० मिटर सडक अवरुद्ध भएको हुँदा सो नाकाबाट व्यावसायिले आयात गरेका ६००-७०० कन्टेनरहरु नाका र नाका पारि अलपत्र परेको तथ्यमा पनि सरकार जानकार छ ।

उक्त परिस्थितिबाट हजारौँ उद्यमी व्यवसायीहरुले चाडपर्व लछित आयतित  सामान समयमा बजारमा पुराउन नसक्दा अरबौँ रूपैँयाको क्षेति बेहोर्नु परेको छ, साथै  कयौँ व्यवसायीहरू बैंकको कालोसूचीमा पर्न बाध्य भएको छन् भने मानसिक पिडाका कारण केहि व्यवसायीहरूले जिवन त्याग्न बाध्य भएको   दुख्द खबर सुन्नमा आएको छ ।

images

यस बिपद् अबस्थाका कारण , प्रत्यक्ष रूपमा राज्यको राजस्व र समग्र अर्थतन्रमा  नकारात्मक असर परेको मात्र होईन, चाडपर्व नजिकिदै गर्दा उपभोक्ता मुल्यबृद्धसँगै कालोबजारीको मारमा पर्न बाध्य हुने अवस्था सिर्जित भएको छ।

images

तसर्थ, तत्कालका लागी तातोपानी स्थित इकु पहिरोको व्यवस्थापन गरि उत्तरी नाका र नाका-पारि रहेका कन्टेनरलाई काठमाण्डौ स्थित चोभारको सुख्खा बन्दरगाहमा ल्याएर भन्सार जाँच-पास गरि व्यवसायीलाई रहात दिलाई  समयमानै बजारमा सामान  पुर्‍याउने  सुनिश्चतता गर्न, बाढीले नोक्सान पुर्‍याएका टिमुरे भन्सार यार्डमा पुरिएका १८ कन्टेनरको क्षेतिपुर्ति  सम्बन्धित व्यवसायीहरूले समयमा पाउने व्यवस्था मिलाउनु पर्ने, चिन सरकारले निर्माण गर्न लागेको केरूङ राजमार्गको बेली ब्रिज तथा नेपाल- चीन मितेरी पुल समयमै सम्पन्न गरी रसुवागडी नाका स्थित  सुख्खा बन्दरगाहलाई यथासक्य चाँडो संचालनमा ल्याउने, अन्त्यमा, उक्त मागहरू तत्काल कार्यान्वयन गर्न गराउन नेपाल सरकार, माननीय मन्त्रीज्यू तथा सम्बन्धित सबै सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण गराउँदछौं ।

 

images

Nepal life insurance