कस्तो छ संबिधानमा उपसभामुख हटाउने व्यवस्था ?

imagesimages

 

काठमाडौँ । संबैधानिक परिषदमा सरकार अल्पमतमा परेपछि सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी शुरु गरेका छन् ।

Nepal life insurance

संबिधानमा सभामुख र उपसभामुख बारे विशेष व्यवस्था गरिएको छ । संविधानको धारा ९१ मा प्रतिनिधि सभाका सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ ।

धारा ९१ को उपधारा ६ को (ग) अनुसार ‘निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा’ सभामुख वा उपसभामुखको पद रिक्त हुने व्यवस्था छ ।

कांग्रेस-एमालेले अमेरिकी दुताबासमा भिसासम्बन्धि पत्र लेखेकी उपसभामुख राना मगरलाई ‘पद अनुकुल आचरण नगरेको’ भन्ने संबैधानको व्यवस्थामा टेकेर हटाउन खोजेका हुन् ।

यस व्यवस्था अनुसार दुई तिहाइ बहुमतबाट उपसभामुख राना मगरलाई हटाउन उनीहरु अगाडी बढेका छन् ।

images

यसैबीच संबिधानको धारा ९१ मा रहेको सभामुख र उपसभामुख सम्बन्धि व्यवस्था यस्तो छ-

धारा ९१.

images

प्रतिनिधि सभाको सभामुख र उपसभामुख

(१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन् ।

images

(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधि सभाको सभामुख र उपसभामुख मध्ये एक जना महिला हुने गरी गर्नु पर्नेछ र प्रतिनिधि सभाको सभामुख र उपसभामुख फरक फरक दलको प्रतिनिधि हुनु पर्नेछ । तर प्रतिनिधि सभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधि सभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन ।

(३) प्रतिनिधि सभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्ने छन्।

(४) प्रतिनिधि सभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले प्रतिनिधि सभाको अध्यक्षता गर्नेछ ।

(५) प्रतिनिधि सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपस्थित सदस्य मध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछ ।

Nepal life insurance

(६) देहायको कुनै स्वस्थामा प्रतिनिधि सभाको सभामुख बा उपसभामुखको पद रिक्त हुनेछ

(क) निज प्रतिनिधि सभाको सदस्य नरहेमा, प्रतिनिधि सभा विघटन भएको अवस्थामा आफ्नो पदमा बहाल रहेका प्रतिनिधि सभाका सभामुख र उपसभामुख प्रतिनिधि सभाका लागि हुने अर्को निर्वाचनको उम्मेदवारी दाखिल गर्ने अघिल्लो दिनसम्म आफ्नो पदमा बहाल रहनेछन् ।
(ख) निजले लिखित राजीनामा दिएमा,
(ग) निजले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा ।

(७) प्रतिनिधि सभाको सभामुखले पद अनुकूलको आचरण नगरेको भन्ने प्रस्ताव उपर छलफल हुने बैठकको अध्यक्षता प्रतिनिधि सभाको उपसभामुखले गर्नेछ । त्यस्तो प्रस्तावको छलफलमा प्रतिनिधि सभाको सभामुखले भाग लिन र मत दिन पाउनेछ ।

 

Nepal life insurance