बंगलादेश र पाकिस्तानबीच भिसा फ्री सम्झौता हुने

imagesimages

 

ढाका, ७ भदौं । बंगलादेश र पाकिस्तानका सरकारी अधिकारी र कूटनीतिज्ञहरू पाँच वर्षसम्म भिसा बिना एकअर्काको देशमा जान पाउने भएका छन्।  यसका लागि दुवै देशले यस नयाँ सम्झौतामा चाँडै हस्ताक्षर गर्ने निर्णय गरिसकेका छन् । पाकिस्तान सरकारले यसलाई पहिले नै स्वीकृत गरिसकेको छ।

Nepal life insurance

पाकिस्तानी विदेशमन्त्री इशाक डारको शनिबार हुने प्रस्तावित बंगलादेश भ्रमण अघि यो निर्णय गरिएको हो । उनका वाणिज्यमन्त्री जाम कमाल खानले बुधबार ढाका पुगेर बिहीबार बंगलादेशका वाणिज्य सल्लाहकार एसके बशीरुद्दिनसँग भेट गरेका थिए, सो क्रममा यसमा सहमति जुटेको हो ।

अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसका प्रेस सचिव शफिकुल आलमले पनि बंगलादेशले पाकिस्तानसँग ‘भिसा फ्रि’ सम्झौता गर्ने निर्णय गरेको जानकारी दिए।

उनका अनुसार यो सम्झौता हस्ताक्षरपछि पाँच वर्षका लागि लागु हुनेछ । तर, यो भिसा फ्री प्रणाली कहिलेदेखि सुरु हुन्छ भन्ने मिति भने दिइएको छैन्। सम्भवतः चाँडै हुने सम्झौतामा यो मिति उल्लेख गरिनेछ ।

 

images

Nepal life insurance

 

images