इटालियन सिरी ए मा युभेन्टसको विजयी शुरुवात

imagesimages

 

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले विजयी शुरुवात गरेको छ ।

Nepal life insurance

गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई २-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको विजयी शुरुवात गरेको हो ।

युभेन्टसको जितमा जोनाथन डेभिड र दुसान भ्लाहोलिकले एक एक गोल गरेका थिए ।

त्यस्तै यस खेलमा आन्द्रे काम्बियासोले खेलको ८३औ मिनेटमा रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।

 

Nepal life insurance