फ्रान्सले फिर्ता गर्‍यो १२८ वर्षअघि टाउको काटेर लगेको मेडागास्करका राजाको खप्पर, थप दुइ पनि

imagesimages

 

पेरिस, १२ भदौं । फ्रान्सले मेडागास्करलाई औपनिवेशिक कालका तीनवटा खप्पर फिर्ता गरेको छ।

Nepal life insurance

यी मध्ये एउटा खप्पर मालागासी राजा तोराको मानिन्छ। सन् १८९७ मा फ्रान्सेली सैनिकहरूले राजा तोराको टाउको काटेका थिए। त्यतिबेला फ्रान्सले यसलाई ट्रफीको रूपमा पेरिस लगेर राष्ट्रिय इतिहास संग्रहालयमा राखेको थियो। बाँकी दुईवटा खोपडी सकलवा जातिको हो।

सन् २०२३ मा फ्रान्समा नयाँ कानून पारित भएपछि यो फिर्ता सम्भव भएको हो। यस कानूनले मानव अवशेषहरूलाई उनीहरूको मूल देशहरूमा फिर्ता गर्न अनुमति दिन्छ। यस कानून अन्तर्गत यी खोपडीहरू पहिलो पटक मेडागास्करलाई हस्तान्तरण गरिन लागिएको हो ।

यसका साथै फ्रान्सले आफ्नो पुर्खाको अवशेष पहिलो पटक कुनै पनि देशलाई फिर्ता गर्न लागेको हो । यसपछि अष्ट्रेलिया, अर्जेन्टिनालगायत धेरै देशले पनि फ्रान्ससँग आफ्ना पुर्खाको अवशेष मागिरहेका छन् ।

images

अब यी खप्परहरूलाई आइतबार माडागास्कर फर्काइने छ र त्यहाँ गाडिनेछ। फ्रान्सेली संस्कृतिमन्त्री रचिदा दातीले खप्पर ल्याउनु औपनिवेशिक हिंसासँग सम्बन्धित र मानव मर्यादाविरुद्धको विषय भएको बताइन् भने मेडागास्करका संस्कृति मन्त्री भोलामिरन्ती डोना माराले यसलाई दुई देशबीचको सम्बन्धमा ‘नयाँ युगको सुरुवात’ भएको बताए।

images

उनले विगत १२८ वर्षदेखि राजा तोरा र सकलवासीको खप्पर नहुँदा आफ्नो देशको मुटुमा ‘खुला घाउ’ छोडेको बताए । हाल अनुसन्धानपछि वैज्ञानिकहरूले ती खप्परहरू सकलवा समुदायको भएको पुष्टि गरे पनि ती खप्परहरूमध्ये कुनै पनि राजा तोराको हो ? त्यो भने पूर्ण रूपमा भन्न सकेका छैनन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सन् २०१७ मा सत्तामा आएपछि अफ्रिकामा भएका फ्रान्सेली अत्याचार स्वीकार गर्न थालेका थिए । यस वर्षको अप्रिलमा उनी माडागास्करको राजधानी अन्टानानारिभो गएका थिए, त्यहाँ उनले फ्रान्सको अत्याचारको लागि माफी मागेका थिए ।

images

 

Nepal life insurance