




काठमाडौं । रौतहटका सुमन लामाले भक्त राना स्मृति ¥यापिड रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । सिनामंगलस्थित रोयल एयरपोर्ट होटेलमा बिहीबार सम्पन्न प्रतियोगितामा सुमन सर्वाधिक आठ अंक जोड्दै च्याम्पियन भएका हुन् ।
अखिल नेपाल बुद्धिचाल संघको आयोजनामा भएको दुई दिने प्रतियोगितामा सुमन र रुकुमका मिलन रोकाले समान आठ अंक जोडे । तर, राम्रो टाइब्रेकको आधारमा सुमन च्याम्पियन भएका हुन् । यस प्रतियोगितामा सुमन सर्वाधिक रेटेड (१८९३) खेलाडी पनि हुन् । सप्तरीका निखिल चौधरी तेस्रो, काठमाडौंका मणिराज डाँगी चौथो र सानुभाई महर्जन पाँचौं भए । यी तीनैले साढे सात अंक जोडे । तर, टाइब्रेकको आधारमा उनीहरू क्रमशः तेस्रो देखि पाँचौं स्थानमा रहे ।

शीर्ष पाँच स्थानमा रहेका खेलाडी क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र आठ हजार नगद पुरस्कार प्राप्त गरे । समान सात अंक भएका भक्तपुरका राजेश कक्षपति, काठमाडौंका दीपक मर्हजन, झापाका मिसन दाहाल, मकवानपुरका फुर्बा लामा र धादिङका सुबासकुमार गुरुङ दशौं भए । यी सबैले नगद पुरस्कार प्राप्त गरे । महिलातर्पm मोरङकी शान्ति धिमाल च्याम्पियन भइन् । नवलपुरकी उज्भानी कडेंल दोस्रो र दनिसा पुरी तेस्रो भए । शान्ति र उज्भानीले समान पाँच अंक बटुले । तर, टाइब्रेकमा आधार शान्ति पहिलो भइन् । दनिसाले चार अंक बटुलिन् । चितवनका सन्तोष गौतम बागमती र लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए ।

कोशी प्रदेशमा प्रेम खड्का, गण्डकीमा सुशील सुवेदी, मधेशमा सचिन कुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूरपश्चिममा लेखराज भट्टराई आआफ्ना प्रदेशमा पहिलो भए । भेट्रान (६० वर्षमाथि) मा जर्नादन श्रेष्ठ र ५५ वर्षमाथि भुवनेश्वर चौधरी पहिलो हुन सफल भए । उमेर समूहमा यु–१८ मा विपिन घिमिरे, यु–१६ मा सुभनदीप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी र यु–१० मा आयम सुवेदी पहिलो भए । यु–८ मा अंकुर पोखरेल पहिलो भए । १८०० रेटिङमुनि राम कार्की पहिलो भए । १७०० मुिन कृष अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्शराज पहिलो हुन सफल भए ।

प्रतियोगिताका विजेतालाई नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अखिल नेपाल खेलकुद महासंघका इन्चार्ज दीपक कोइराला, खेलकुद महासंघका अध्यक्ष शिव कोइराला, महाकांल गाउँपालिकाकी उपमेयर डोल्मामाया गोले र अखिल नेपाल बुद्धिचाल संघका अध्यक्ष दीपेन राईलगायतले पुरस्कृत गरेका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशको परिवर्तनका लागि योगदान पु¥याउन व्यक्तित्वको सम्मानका लागि यस किसिमका आयोजनाले देश परिवर्तनमा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिको लागि पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

कुनै पनि खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि आर्थिक पाटोको हिसाबले पनि सहज नरहेको उनले उल्लेख गरे । आफूले यो प्रतियोगिता आयोजना गर्नका लागि प्रायोजन जुटाउन केही सहयोग गर्न पाउँदा गर्व महसुस भएको उनले बताए । दुईदिने प्रतियोगितामा दुई सय २१ जना खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताको मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु थिए । ¥यापिड चेस प्रतियोगिता स्विस लिगको आधारमा ९ चरणमा सञ्चालन भएको थियो ।



