असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेप्रति राजमाेकाे श्रद्धाञ्जली

imagesimages

 

-टेकराज भुसाल , अर्घाखाँची। 

अर्घाखाँची। राष्ट्रिय जनमाेर्चा भूमिकास्थान–५ असुरकोटका जेष्ठ सदस्य मित्रलाल बेलवासेको निधन भएको ९ औं दिनको दिन राष्ट्रिय जनमोर्चा भूमिकास्थान–५ को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

Nepal life insurance

कार्यक्रमलाई राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका उपाध्यक्ष गोपाल पौडेल, नगर कमिटी अध्यक्ष हिमलाल बन्जाडे, नगर सदस्य शिवप्रसाद बन्जाडे, कबिराज शर्मालगायतले सम्बोधन गर्दै स्व. बेलवासेको योगदानलाई स्मरण गर्दै पार्टी र समाजका लागि इमानदार, प्रतिबद्ध र प्रेरणादायी व्यक्तित्व रहेको उल्लेख गर्नुभयो।

May be an image of 5 people and text

उहाँले जनमोर्चा पार्टीलाई बलियो बनाउन स्व. बेलवासेले देखाएको त्याग, अनुशासन र संघर्ष आगामी पुस्ताका लागि मार्गदर्शक हुनेमा विश्वास व्यक्त गर्नुभएकाे थियो।

May be an image of 9 peopleMay be an image of 4 people and text

कार्यक्रममा अखिल नेपाल युवक संघ नगर उपाध्यक्ष माधव बन्जाडे, प्रगतिशील पत्रकार संघ रुपन्देहीका सचिव टेकराज भुसालसहित नेता–कार्यकर्ता तथा स्थानीयको उपस्थिति थियो।

images

May be an image of 6 peopleMay be an image of 1 person and text

श्रद्धाञ्जली सभा स्व. बेलवासेका जेठा नाति सागर बेलवासेको अध्यक्षता र रेशम विकको सञ्चालनमा सम्पन्न भएको हो।

images

May be an image of 6 people, dais and text

१९९६ मा जन्मिएका स्व. बेलवासेको ८६ वर्षको उमेरमा भाद्र ७ गते निधन भएको थियो। उहाँका पाँच छोरी हुनुहुन्छ भने एक छोराको यसअघि नै निधन भइसकेको छ।

images

May be an image of 10 people

May be an image of 9 people

May be an image of 1 person and text

 

Nepal life insurance

 

 

Nepal life insurance