कविता : बचाऔँ बुद्धको देशलाई …

imagesimages

कविता

–  ✍डिल्ली राज घिमिरे (सङ्गम)

छ्न्द भुजङ्गप्रयात

शीर्षक : बचाऔँ बुद्धको देशलाई
गण य य य य
सूत्र iss iss iss iss
जहाँ गीत गाए भँगेरीहरूले
त्यहीँ प्रीत छर्छन् अघोरीहरूले
भयो कर्म खोटो नभन्नू पिएर
लुटे देश सारा दलालै मिलेर ।।१

कतै देव पुज्दै हिँडेको छ मान्छे
कतै चुस्न हड्डी पुगेको छ भान्से
नमिल्दा तिनैको यहाँ भागबन्डा
कतै च्यात्तिएको छ नेपाल झन्डा।। २

सधैँ मित्र भन्छन् विदेशीहरूले
करेसा हडप्छन् छिमेकीहरूले
बुझौँ देशभित्रै मवालीहरू छन्
सधैँ द्वन्द्व गर्ने कुकर्मीहरू छन् ।।३

स्वयम् क्लिष्ट पर्दै गरेको छु बात
छ खाडी पुगेको युवाको जमात
मनोभाव बुझ्ने छँदै छैन कोही
रुई झैँ बनाए सधैँ देशलाई ।।४

यहाँ देशको नै सुरक्षा भएन
युवा वृद्धको क्यै अवस्था रहेन
जुटौँ एक साथै उठौँ दाजुभाइ
बचाऔँ मिली बुद्धको देशलाई।।५

images

✍डिल्ली राज घिमिरे (सङ्गम)
भूमिकास्थान ९ अर्घाखाँची

 

images

Nepal life insurance