मासु व्यवसायी संघ अर्घाखाँचीको चौथो अधिवेशन सम्पन्न: अध्यक्षमा कृष्ण भुसाल निर्वाचित (तस्बिर सहित)

imagesimages

 

-गोपालप्रसाद भट्टराई , अर्घाखाँची।

असौज-०५,अर्घाखाँची – अर्घाखाँची मासु व्यवसायी संघ नेपाल अर्घाखाँचीको अध्यक्षमा कृष्ण भुसाल निर्वाचित हुनुभएको छ ।

Nepal life insurance

गुणस्तरीय सेबा हाम्रो प्रतिबद्धता भन्ने मुलनाराका साथ स्थापित यस संस्थाको शनिबार सन्धिखर्कको पर्यटकिय स्थल कबिरामा सम्पन्न १०औं साधारणसभा तथा चौथो अधिवेशनले अध्यक्ष भुसालको नेतृत्वमा १३ सदस्यिय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको हो ।

May be an image of 10 people, people smiling, tree and text

जसको वरिष्ठ उपाध्यक्षमा डाल विक्रम शाही, उपाध्यक्षमा रविन भुसाल, महासचिवमा रामु के.सी., कोषाध्यक्षमा हलिम पखिया र सचिवमा खिम बहादुर मूखिया निर्बिरोध चयन हुनुभएको छ ।

May be an image of 12 people and text

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीका बरिष्ठ पशुचिकित्सक बिष्णु प्रसाद पौडेलले उद्घाटन गर्नुभएको अधिवेशनले मिरा पौडेल, कांसिराम खनाल, भिम बहादुर खत्री, रमेश बन्जाडे, शान्त बहादुर सेजवाल र पदम बन्जाडेलाई कार्यसमितिको सदस्यमा छनौंट गरेको छ ।

images

May be an image of 4 people

नवगठित कार्यसमितिको सल्लाहकारमा जनक पून, सहयोगी वि.सी. र प्रेस सल्लाहकारमा गोपाल प्रसाद भट्टराई मनोनित हुनुभएको निर्वतमान अध्यक्ष पूरन बर्माले जानकारी दिनुभएको छ ।

images

May be an image of 9 people

कार्यक्रमको उद्घाटन् गर्दै बरिष्ठ पशुचिकित्सक पौडेलले अर्घाखाँची मासुमा अत्मनिर्भर रहेकोले जिल्लाका मासु व्यवसायीलाई सेवा दिन धेरै सहज भएको बताउनुभएको छ । गोठ देखी ओठ सम्म सफा शुद्ध र स्वस्थ्य मासु उत्पादन तथा बिक्री÷बितरण गर्नुपर्ने भन्दै उहाँले व्यबसायीक धर्म अनुसार पेशामा लाग्न आग्रह गर्नु भएको छ ।

images

May be an image of 6 people and text

कार्यक्रममा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष गणेश खनाल र उपभोक्ता हकहित संरक्षण मञ्च अर्घाखाँचीका अध्यक्ष सहयोगी वि.सी.ले राज्यलाई कर तिरेर खाद्य तर संवेदनशिल सेवा दिन खटिएका मासु व्यवसायीहरुलाई टिकाइराख्न सरोकारवालाले आवश्यक ध्यानदिनुपर्नेमा जोड दिनुभएको छ ।

May be an image of ‎8 people and ‎text that says "‎ん मास सवसायी संघ नेपाल आधास्ोंची दशी वार्षिक साधारण दसौवा्षिकसाधारणसभ सभा 初 तथाचौथोअधिवेशन तया चौथो अधिवेशन 08 .0a ហាលបញ. मिरिशी आयोजक मांस व्यवसारी संघ अधीरिती sertntdy ERTRO ي‎"‎‎

जिल्लामा रहेका करिब ५० जना व्यवसायीक प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका सल्लाहकार नोलराज भण्डारी र प्रेस सल्लाहकार गोपाल प्रसाद भट्टराइको पनि आतिथ्यता रहेको थियो ।

Nepal life insurance

May be an image of 5 people

कार्यक्रममा सहभागी व्यवसायीक प्रतिनिधिहरुले जिल्लामा एक बातावरण मैत्री सुविधा सम्पन्न बधशालाको खाँचो औल्याएका छन् । यस्तै मासुव्यवसायको क्षेत्रमा रहेको विचौलिया तन्त्र हटाउनुपर्ने, मासुको मूल्यमा एकरुपता ल्याउनुपर्ने, किसान तथा व्यवसायीलाई बितरणमूखि भन्दापनि आवश्यकतामूखि अनुदान र सहयोग दिनुपर्ने जस्ता माग राखेका छन् ।

May be an image of 8 people, tree, hospital and text

सस्थाका अध्यक्ष पूरन बर्माको अध्यक्षता, खिम बहादुर मूखियाको स्वागत मन्तव्य र महासचिव रामु के.सी.को संन्चालनमा सम्पन्न कार्यक्रममा अध्यक्षबाट प्रगती प्रतिबेदन र महासचिवबाट आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको प्रेस सल्लाहकार गोपाल प्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

थप तस्बिर :

May be an image of 7 people and text that says "Ap मासु व्यवसायी अ्ੋर संघ नेपाल दशौ वार्षिक स्थाश 리상아 2019 200 बी तथा चौथो अधिवेशन 20C2 साधारण सभा 08 असोज सनधिसक आयोजक मासु मासुल्यवसार ्यवसार आणीश्षोंची"

May be an image of ‎4 people and ‎text that says "‎सततरीय រាត לש प्रतिक्ल मासु व्यवसायी अधाखोंची संघ नेपाल दशौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन असोज. OCR सन्धिसक अधसोवी मासू व्यवसायी सुव्यवसायीसंघन संघ नेपाल अर्धासांची आयोजक‎"‎‎

May be an image of 7 people

May be an image of 9 people

 

Nepal life insurance