वेस्टइन्डिजविरुद्ध खेल्ने भारतीय टेस्ट टिमको घोषणा

imagesimages

 

काठमाडौँ । अर्को महिना वेस्टइन्डिज विरुद्ध हुने दुई खेलको टेस्ट सिरिजको लागि भारतीय टोलीको घोषणा गरिएको छ ।

सिरिजका लागि शुभमन गिलले भारतीय टोलीको कप्तानी गर्नेछन् भने रवीन्द्र जडेजा उपकप्तान हुनेछन् । भारत र वेस्ट इन्डिज बीचको दुई खेलको सिरिजको पहिलो खेल अक्टोबर २ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ । इङ्गल्याण्डविरुद्धको पाँच खेलको सिरिज पछि यो भारतीय टोलीको पहिलो टेस्ट खेल हुनेछ ।

ध्रुव जुरलले वेस्ट इन्डिजविरुद्ध विकेटकिपिङको जिम्मेवारी सम्हाल्नेछन्। टोलीका अनुभवी विकेटकिपर ऋषभ पन्त आफ्नो चोटबाट पूर्ण रूपमा निको भएका छैनन्, त्यसैले उनलाई यो सिरिजको लागि छनोट गरिएको छैन। पन्तले इङ्गल्याण्ड भ्रमणको समयमा पनि उपकप्तानको रूपमा काम गरिरहेका थिए र उनको अनुपस्थितिमा अब यो जिम्मेवारी रवीन्द्र जडेजालाई सुम्पिएको छ । पहिले नै पन्त वेस्ट इन्डिज विरुद्धको टेस्ट सिरिजको हिस्सा नहुने विश्वास गरिएको थियो । यस्तो अवस्थामा, जिम्मेवारी जुरेलले पाएका छन् भने एन जगदीशनलाई पनि ब्याकअपको रूपमा टोलीमा समावेश गरिएको छ ।

एसिया कपमा भारतीय फास्ट बलिंग आक्रमणको नेतृत्व गरेका जसप्रीत बुमराहलाई वेस्ट इन्डिजविरुद्ध आराम दिइएको छैन । इङ्गल्याण्ड भ्रमणको क्रममा बुमराहको कार्यभार व्यवस्थापनलाई ध्यानमा राखिएको थियो र उनले पाँचमध्ये तीन खेल मात्र खेलेका थिए । बुमराहसँगै मोहम्मद सिराज र प्रसिद्ध कृष्णले उनीसँगै फास्ट बलिंगको जिम्मेवारी सम्हाल्नेछन् ।

इङ्गल्याण्ड भ्रमणको क्रममा आठ वर्षपछि भारतीय टोलीमा डेब्यू गरेका करुण नायरलाई वेस्ट इन्डिजविरुद्धको सिरिजको लागि टोलीमा समावेश गरिएको छैन । त्यस्तै सरफराज खान फेरि एक पटक टेस्ट टोलीबाट बाहिर रहेका छन् ।

भारतीय टिम: शुभमन गिल (कप्तान), रविन्द्र जडेजा (उपकप्तान), ध्रुव जुरेल र एन जगदीशन (विकेट किपर ), यशस्वी जैसवाल, केएल राहुल, साई सुदर्शन, देवदत्त पाडिकल, वाशिंटन सुन्दर, जसप्रित बुमराह, अक्षर पटेल, नितीश कुमार रेड्डी, मोहमद सिराज, प्रसिद्ध कृष्ण र कुलदीप यादव ।

 

Nepal life insurance