नेकपा मसाल अर्घाखाँचीका पार्टी सदस्य हुमकान्त पूजालीको निधन (तस्बिर सहित )

imagesimages

 

  • टेक राज भुसाल , अर्घाखाँची।

भूमिकास्थान-२,ढाकावाङ्ग हाटबजार-  नेकपा मसाल अर्घाखाँचीका पार्टी सदस्य हुमकान्त पुजाली (कमरेड न्यूपाने) को निधन भएको छ । भूमिकास्थान-२,ढाकावाङ्ग हाटबजार निवासी पुजालीकाे बुटवल अस्पतालमा उपचारको क्रममा आइतबार निधन भएको हो ।

६८ बर्षिया पुजालीकाे राष्ट्रिय जनमोर्चा अर्घाखाँचीको पार्टी कार्यालयमा कम्युनिस्टको झण्डा ओढाएर सम्मान सहित अन्तिम श्रद्धाञ्जली दिइएको छ ।

May be an image of 9 people

नेकपा(मसाल)अर्घाखाँचीका जिल्ला प्रवक्ता पशुपति ढकालले पुजालीकाे पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान सहित श्रद्धाञ्जली दिनुभएको बताइएको छ ।

May be an image of 9 people

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेता जीवनारायण खनालको संचालनमा सम्पन्न शोकसभामा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि.सी.,यमलाल पोख्रेल लगायतका नेता, कार्यकर्ता तथा शुभचिन्तक र आफन्तजनले पुजालीलाई श्रद्धाञ्जली दिएका थिए ।

May be an image of 8 peopleNepal life insurance

images

स्वर्गीय पुजालीकाे आइतबार नै भुमेकाथान घाटमा अन्त्येष्टि गरिएको छ। स्वर्गीय पुजालीलाई अन्तिम श्रद्धाञ्जली दिनका निम्ति भुमेकाथान घाटमा राष्ट्रिय जनमाेर्चा अर्घाखाँची जिल्ला सदस्य तथा भूमिकास्थान-२ का वडाध्यक्ष बुद्धिबहादुर थापा, राजमाे जिल्ला सदस्य बाबुराम खनाल, राजमाे भूमिकास्थान -२ का अध्यक्ष नारायणप्रसाद खनाल

May be an image of 7 people

images

प्रगतिशील पत्रकार संघ नेपालका केन्द्रीय सदस्य जितेन्द्र खत्री, रुपन्देही जिल्ला सचिव टेकराज भुसाल सहित विभिन्न राजनितीक दलका नेताकार्यकर्तालाई तथा स्थानीयकाे व्यापक उपस्थिति रहेको थियो।

May be an image of 13 people and temple

images

स्वर्गीय पुजालीका २ छोरी र १ छोरा हुनुहुन्छ। स्वर्गीय पुजालीले गोर्खा लाहारी प्रालि हेटौंडा मार्फत लोकप्रिय स्टोर्स भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गमा कार्यरत कर्मचारी समेत हुनुहुन्थ्यो।

 

Nepal life insurance