नेपाली महिला फुटबल टिमले आज इरानसँग खेल्दै

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज इरानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल भारतको शिलोङस्थित जवाहरलाल नेहरु रंगशालामा हुने खेल साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

फिफाको वरियतामा नेपाल ८९औं स्थानमा छ भने इरान ७०औं स्थानमा रहेको छ । नेपालले यसअघि इरानसँग एक खेल मात्र खेलेको छ । सन् २०१९ मा भारतमा नै आयोजना भएको हिरो महिला गोल्डकपमा नेपाल इरानलाई ३-० ले पराजित गरेको थियो, जसमा सावित्रा भण्डारीले २ तथा अनिता बस्नेतले एक गोल गरेकी थिइन् ।

नेपाली राष्ट्रिय महिला टिमले आजको खेलपछि अक्टोबर २७ मा भारतसँग शिलोङमै मैत्रीपूर्ण खेल खेल्दैछ ।

मैत्रीपूर्ण खेलका लागि एन्फाले सावित्रा भण्डारी साम्बाको कप्तानीमा २३ सदस्यीय टिम भारत पुगेको छ ।

नेपाली महिला फुटबल टिम:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा, अञ्जना राणा मगर र उषा नाथ ।
डिफेन्डर:  निशा ठोकर, समिक्षा घिमिरे, मन माया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, सजनी थोकर र हिरा कुमारी भुजेल ।
मिडफिल्डर: अनिता बस्नेत, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राणा मगर, सरस्वती हमाल र  दीपा शाही ।
फरवार्ड:  रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई र सावित्रा भण्डारी ।

 

Nepal life insurance