अस्ट्रेलियालाई हराउदै भारत महिला क्रिकेट विश्वकपको फाइनलमा

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । भारत जारी आइसीसी महिला क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको हो ।

अस्ट्रेलियाले दिएको ३३९ रनको लक्ष्य पछाएको भारतले ४८.३ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतले महिला क्रिकेटको एकदिवसीय इतिहासकै सबै भन्दा ठुलो लक्ष्य पछाएर जित हासिल गरेको हो । भारतको जितमा जेमिमा रोड्रीगोले अविजित १२७ रन बनाएकी थिइन् भने कप्तान हरमनप्रित कौरले ८९ रन बनाएकी थिइन् ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले फोएबे लिचफिल्डको ११९ रनको शतकीय पारी र एलिस पेरीको ७७ रनको मद्धतले ४९.५ ओभरमा अलआउट हुदै ३३८ रन बनाएको थियो ।

भारतले अब आइतबार हुने फाइनल खेलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ, जसले पहिलो सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेको थियो ।

भारत विश्वकपको फाइनलमा पुगेको यो तेस्रो पटक हो । भारत यसअघि २००५ र २०१७ मा फाइनलमा पुगेपनि उपविजेतामै चित्त बुझाएको थियो ।

 

Nepal life insurance