भारतले जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

May be an image of temple and text that says "Dinali HAPPY iwali FESTIVAL FESTIVALOFLIGHTS IVAL OF LIGHTS LIGH तिहारकों शुभकामना अर्घाखांची डट कम Arghakhanchi.com News for all from Everywhere"imagesimages

 

काठमाडौँ । भारतले महिला क्रिकेट विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै भारतले विश्वकपको उपाधि जितेको हो ।

Nepal life insurance

भारतले दिएको २९९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाले ४५.३ ओभरमा अल आउट हुदै २४६ रन बनाए को थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गर्दै भारतले ५० ओभरमा ७ विकेट गुमाउदै २९८ रन बनायो थियो ।

यो जितसँगै भारतले पहिलो पटक महिला क्रिकेट एकदिवसीय विश्वकप जितेको हो । त्यस्तै पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका उपविजेतामा चित्त बुझाएको छ ।

फाइनल खेलमा ८७ रन बनाएकी र २ विकेट लिएकी भारतकी शफाली बर्मा प्लेयर अफ द म्याच बनेकी छन् भने विश्वकपमा सर्बाधिक २२ विकेट लिएकी र २१५ रन बनाएकी भारतकी दिप्ती शर्मा विश्वकपकै उत्कृष्ट खेलाडी बने छन् ।

विश्वकपको उपाधि सबैभन्दा बढी पटक अस्ट्रेलियाले जितेको छ । अस्ट्रेलियाले कुल ७ पटक यो उपाधि जितेको छ । त्यस्तै इङल्याण्डले चार पटक विश्वकप जितेको छ भने भारतसँगै न्यूजील्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।

 

Nepal life insurance