एथलेटिक क्लबमाथि रियल म्याड्रिडको सहज जित

imagesimages

 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई ३-० गोल अन्तरले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले २ गोल गरेका थिए भने एडुआर्डो कामाभिङ्गाले एक गोल गरेका थिए ।

Nepal life insurance

यो जितपछि रियल म्याड्रिडको ला लिगामा १५ खेलमा ३६ अंक भएको छ र शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा एक अंकले पछाडी रहेको छ ।

त्यसैगरी एथलेटिक क्लबको १५ खेलमा २० अंक रहेको छ र लिगमा आठौ स्थानमा रहेको छ ।

 

Nepal life insurance