आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

imagesimages

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न वितरण गरेको छ ।  आइतबार आयोगले चुनावमा भाग लिन दर्ता भएका ११४ दललाई एकल र संयुक्त चुनाव चिह्न प्रदान गरेको हो । आयोगमा हाल १४३ दलको दर्ता कायम रहेपनि निर्वाचनमा ११४ दलले भाग लिने जनाएको छ । आयोगका अनुसार यसपटक निर्वाचनमा १०७ चुनाव चिह्न प्रयोग हुनेछ । जसमध्ये १०२ दलले एक्ला एक्लै चुनावमा भाग लिने छन् भने १२ दलले ५ समूह बनाएर संयुक्त चुनाव चिह्नमा निर्वाचन लड्ने छन् । निर्वाचनका लागि १२० निवेदन परेकोमा १३ वटा खारेज भएको आयोगले जानकारी दिएको छ ।

Nepal life insurance

२- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गरेको हो । कर्णालीले दिएको १३० रनको लक्ष्य पछाएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउदै १२६ रन बनाएको हो । जनकपुरका लागि संजय कृष्णमुर्थीले सर्बाधिक ५१ रन बनाए भने संगीथ कूरेले २५ रन बनाएका थिए ।  त्यस्तै कर्णालीकाविलियम बोसिस्टोले २ विकेट लिए भने मार्क वाट, पवन सराफ, नन्दन यादव र सोमपाल कामीले एक एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ९ विकेट गुमाउदै १२९ रन बनाएको थियो । कर्णालीका लागि मार्क वाटले सर्बाधिक ३३ रन बनाएका थिए भने गुलशन झाले १९, कप्तान सोमपाल कामीले १८, प्रियांक पंचलले १६ विलियम बोसिस्टोले १५ र नाजिबुल्लाह जद्रानले १३ रन बनाएका थिए । त्यस्तै जनकपुरका बलर ललित राजबंशी र आदित्य महाताले २-२ विकेट लिएका थिए भने संगीथ कूरे, अनिल शाह र माज सदाकतले एक एक विकेट लिएका थिए । यो यस सिजनमा कर्णालीको दोस्रो जित हो । त्यस्तै गत सिजनको विजेता जनकपुर बोल्ट्सले भने यस सिजनमा केवल एक जित हासिल गर्दै सिजन समाप्त गरेको छ ।

३- वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभरमा आकर्षक तलब सहित विभिन्न किसिमका सूचना र विज्ञापन टिकटक लगायतका समाजिक सञ्जालमा प्रशारण भएका सन्देशहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारी अनुरुप इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदारहरु पठाउने सम्पूर्ण कार्य केवल जी टू जी प्रक्रियामार्फत मात्र हुने गर्दछ र कुनै पनि निजी संस्था, कम्पनी वा व्यक्तिलाई यी पदहरूका लागि विज्ञापन गर्न, फाराम भर्न वा पठाउने प्रक्रिया सञ्चालन गर्न कुनै अधिकार नरहेको स्पष्ट गरेको छ । विभागले भनेको छ- ‘इजरायलमा काम गर्न जानका लागि सरकार देखि सरकार (जी-टू-जी) बाहेक अर्को विकल्प नरहेकोले त्यस्ता भ्रमपूर्ण समाचार सन्देश, पोष्ट सूचनाका पछि नलाग्न र विश्वास नगर्न विभाग सबैमा अनुरोध गर्दछ । साथै यस्ता भ्रामक, झुट्टा र ठगी उद्देश्यले गरिएका क्रियाकलाप वा अवैध रूपमा कामदार पठाउने कुनै पनि व्यक्ति, समूह वा एजेन्सीमाथि कडा कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ ।’ साथै विभागले आवश्यक जानकारीको लागि सरकार तथा वैदेशिक रोजगार विभागद्वारा प्रकाशित आधिकारिक सूचनाहरू वैदेशिक रोजगार विभागको आधिकारीक वेभसाइट हेर्न आग्रह गरेको छ ।

४- बलिवुडका चर्चित फिल्म निर्माता विक्रम भट्ट पक्राउ परेका छन् । उनीमाथि उदयपुरका एक व्यापारीलाई ३० करोड रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरी टोलीले उनलाई मुम्बईको यारी रोडमा रहेको गंगा भवन अपार्टमेन्टबाट पक्राउ गरेको हो । अब, उनलाई राजस्थान प्रहरीले उदयपुर लैजाने बताइएको छ । नोभेम्बर १७ मा, राजस्थानको इन्दिरा ग्रुप अफ कम्पनीजका मालिक डा. अजय मुरदियाले विक्रम भट्ट र अन्य आठ जनाविरुद्ध ३० करोड रुपैयाँ ठगी गरेको आरोपमा एफआईआर दायर गरेका थिए । फिल्म निर्माता विक्रम भट्टले २०२४ मा फिल्म बनाउने भन्दै सो रकम हस्तान्तरण गरिएको बताइएको छ ।  सात दिन अघि उदयपुर प्रहरीले विक्रम भट्ट, उनकी श्रीमती श्वेताम्बरी भट्ट र अन्य छ जना अभियुक्तहरू विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । सबै अभियुक्तहरूलाई डिसेम्बर ८ सम्ममा उदयपुर प्रहरी समक्ष उपस्थित हुन सूचना पनि जारी गरिएको थियो । यसबाहेक, यी अभियुक्तहरू मध्ये कुनै पनि अनुमति बिना विदेश यात्रा गर्न नसक्ने बताइएको छ । यो कुरा प्रकाशमा आएपछि, फिल्म निर्माताले यस मुद्दामा अहिलेसम्म कुनै सूचना नपाएको बताएका थिए ।

५- काठमाडौं महानगरपालिका क्षेत्रभित्रको विद्युतीय तार भूमिगत गर्ने काम नेपाल विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा अगाडि बढाइने भएको छ । तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधानका लागि आवश्यक अनुगमन र समन्वय गर्न प्राधिकरणका निर्देशक र महानगरपालिका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ । सडक विभाग, काठमाडौं महानगरपालिकालगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्ता गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मन्त्री घिसिङले आगामी वर्षायाम सुरुहुनुभन्दा अगाडि काठमाडौंभित्रको तार भूमिगत काम सम्पन्न गर्न र काम सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवा प्रदायकसँग समन्वय गरी जमिनमाथिको (ओभरहेड) तार हटाउन तत्काल सुरु गर्ने आग्रह गरे । उनले भने- ‘भौतिक मन्त्रालयको जिम्मेवारी मैलै नै सम्हालिरहेको छु, तार भूमिगत गर्ने काम बाँकी रहेका ठाउँमा काम अगाडि बढाउन काठमाडौं महानगरपालिका प्रमुखसँग छलफल गरिसकेको छु, महानगरपालिकाले सहयोग नै गरिरहेको छ,काम बाँकी रहेको पुतलीसडकलगायतका क्षेत्रको काम तत्काल अगाडि बढाऔं, अन्तिम समय यही हो, अहिले पनि काम गर्न सकिएन भने कहिले काम हुँदैन ।’ उनले निर्माण कार्य सम्पन्न गरेपछि फिल्डमा देखिएको सडक मर्मतलगायतका काम तत्काल गर्न निर्देशन दिए । प्राधिकरणका कार्यकारी मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण कार्य अगाडि बढाइने बताए । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेटलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गरे । प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरेको थियो । दोस्रो चरणमा काठमाडौंको बाँकी स्थान, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथो चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम सुरु गरेको थियो । काठमाडौं उपत्कायभित्रको निर्माण प्रगति करिब ८० प्रतिशत छ ।  यसअन्तर्गत ३३ तथा ११ हजार भोल्टेज र ४ सय भोल्टेज भूमिगत लाइन निर्माणका साथै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । यसबाट विद्युत, टेलिफोन, इन्टरनेट सेवा प्रदायकको गुजुल्टिएको तारले कुरूप बनेको सहरको कुरूपताको अन्त्य भई सौन्दर्य थपिनेछ । हाल भइरहेको ओभरहेड वितरण प्रणालीभन्दा भूमिगत प्रणाली सुरक्षित हुने र सहरलाई कुरूप बनाइरहेको तारको जालो हटी सौन्दर्य कायम राख्न सकिने छ । भूमिगत काम गर्दा सडकमा न्यूनतम क्षति हुने प्रविधि प्रयोग गरिएको छ । सडकमा सवारीसाधनको अवागमन र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था गरिएको छ । सडक खन्दा निक्लिएको धूलोबाट नागरिकलाई असर पर्न नदिन न्यूनीकरणका उचित व्यवस्था गरिएको छ । तार भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिन भित्र गरिसक्ने व्यवस्था गरिएको छ ।

६- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको ठहर गर्दै आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले पाँच पूर्वमन्त्री, १० जना पूर्वसचिव तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीहरूसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगले विमानस्थल निर्माणका क्रममा राज्यकोषको दुरुपयोग भएको दाबी गर्दै करिब ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ भ्रष्टाचार भएको उल्लेख गरेको छ । अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै अख्तियारले पुर्वसचिवहरु सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमन प्रसाद शर्मा, भेषराज शर्मा, तत्कालिन सहसचिवहरु रञ्जन कृष्ण अर्याल, मोहन कृष्ण सापकोटा, लोक बहादुर खत्री, नेपाल नागरिक उड्डयन प्राधिकरण संचालक समितिका तत्कालिन सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, पुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य, मदन खरेल, मुक्तिनारायण पौडेल, सुर्यप्रसाद आचार्य, संचालक समितिका सदस्य सचिवहरु त्रिरत्न मानन्धर, रतिश चन्द्र लाल सुमन, प्राधिकरणका तत्कालिन उपमहानिर्देशकहरु सुमन कुमार श्रेष्ठ, रोशन चित्रकार, ऋषिकेश शर्मा, मन्त्रालयका तत्कालिन उपसचिव हरिबहादुर खड्का, प्राधिकरणक तत्कालिन उपनिर्देशक महेश कुमार बस्नेत, निर्देह्स्क बाबुराम पौडेल, उपनिर्देशक अशोक कुमार सुवेदी, तत्कालिन प्रबन्धक मुरारी भण्डारी, उपनिर्देशक सुवर्ण राज उपाध्याय, तत्कालिन निर्देशक प्रतापबाबु तिवारी, तत्कालिन प्रबन्धकहरु रुद्र प्रसाद फुयाल, रामचन्द सुवेदी, इन्जिनियर डा, पुरुषोत्तम डंगोल लगायत रहेका छन् । यस्तै, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीलाई पनि प्रतिवादी बनाइएको छ। अधिकारी र भण्डारी यसअघि नलिन्चोक हेलिपोर्ट निर्माण अनियमितता प्रकरणमा समेत मुछिएका थिए र दुवै जना हाल हिरासतमा रहेका छन् । साथै, विमानस्थल निर्माणसम्बन्धी अध्ययन कार्यदलका तत्कालिन संयोजक एवं सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार रामकृष्ण तिमल्सेनालाई पनि भ्रष्टाचार प्रकरणमा प्रतिवादी बनाइएको छ । साथै अख्तियारले चाइना सिएएमसी इन्जिनियरिङका अध्यक्ष वांग बो र क्षेत्रीय महाप्रबन्धक लिउ शेंगचेंगविरुद्ध समेत मुद्धा दायर गरेको छ । चीनको ऋण सहयोगमा २०६५ सालदेखि अध्ययन सुरु भई २०७९ मा निर्माण सम्पन्न भएको यो विमानस्थल सुरुदेखि नै अनियमितताका कारण विवादित बनेको थियो । यसअघि प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले विमानस्थल निर्माणमा करिब १० अर्ब भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अनुसन्धानका लागि अख्तियारलाई निर्देशन समेत दिएको थियो ।

७- प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ । उनीहरुको भेटका क्रममा एकअर्कासँग भलाकुसारीका साथै समसामयिक राजनीतिक विषयमा पनि कुराकानी भएको थियो । गत जेनजी आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिप्रति दुवै जनाले दुःख व्यक्त गरेका थिए । प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीको घरमा पुगेको क्षतिप्रति पनि दुःख व्यक्त गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले भदौ २३ र २४ गते भएका घटनाका दोषी पत्ता लगाई सरकारले कारबाहीको दायरामा ल्याउन सक्ने विश्वास पनि व्यक्त गरेकी थिइन् । यसैक्रममा प्रधानमन्त्री कार्कीले उक्त घटनापछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको जानकारी दिँदै सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताइन् ।  साथै उनले भ्रष्टाचार नियन्त्रण र आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ काम गरिरहेको बताइन । प्रधानमन्त्री कार्कीले पूर्वराष्ट्रपति भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन पनि आग्रह गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीले पनि अहिलेको परिस्थितिको लोकतान्त्रिक निकास निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखेकी थिइन् । साथै उनले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्ने विश्वास पनि व्यक्त गरेकी थिइन् ।

८-  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त सिंहदरबार परिसरका संरचना चाँडै पुनः निर्माण हुने विश्वास व्यक्त गरेकी छन् । गत भदौ २४ गतेको आन्दोलनका कारण क्षतिग्रस्त भएको सिंहदरबारका संरचनाहरुको अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले संरचना ध्वस्त भएको देखेर आफूलाई दुःख लागेको र नेपाल सरकारले यी संरचनाहरुलाई चाँडै पुनः निर्माण गर्ने विश्वास व्यक्त गरेकी हुन् । पूर्वराष्ट्रपति भण्डारीले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतको क्षतिग्रस्त कार्यालयको अवलोकन गरेकी थिइन् । त्यसअघि पूर्वराष्ट्रपति भण्डारीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले स्वागत गर्दै कार्यालयहरुको अलोकन गराएका थिए । कार्यालय अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरेकी थिइन् । पूर्व राष्ट्रपति भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको अवलोकन गरेकी हुन् । त्यस्तै उनले रेक्ट्रोफिटिङ्ग कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि अवलोकन गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीको साथमा सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत सहभागी थिए ।

९- मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतो पदमुक्त भएका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा महतोलाई पद मुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको हो । महतो तत्कालिन मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा गत जेठमा प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए ।

१०-  नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुई सदस्यको मनोनयन गरिएको छ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधान बमोजिम केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता राजेश्वर अधिकारी र अधिवक्ता राजु कटुवाललाई सदस्यमा मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । कांग्रेसले पुस २७ देखि २९ सम्म महाधिवेशन गर्ने गरि आन्तरिक तयारी तिब्र पारेको छ ।

११- नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१.४८ अंकले घटेर २६०९.६९ विन्दुमा पुगेर रोकिएको छ । आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।  आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८.५१ प्रतिशतले घटेको छ ।  त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको ३२ करोड ५२ लाखको कारोबार भएको छ ।

१२- अस्ट्रेलियाले जारी एसेज सिरिजमा इङल्याण्डविरुद्ध २-० को अग्रता हासिल गरेको छ । जारी दोस्रो खेलमा अस्ट्रेलियाले ८ विकेटको जित हासिल गर्दै सिरिजमा २-० को अग्रता हासिल गरेको हो । टेस्टको चौथो दिन आइतबार इङल्याण्डले दिएको ६६ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि इङल्याण्डले पहिलो इनिंगमा ३३४ र दोस्रो इनिंगमा २४१ रन बनाएको थियो । त्यस्तै अस्ट्रेलियाले पहिलो इनिंगमा ५११ रन बनाएको थियो । यो जितपछि ५ खेलको सिरिजमा अस्ट्रेलिया २-० ले अगाडी भएको छ । अस्ट्रेलियाले यसअघि पर्थमा सम्पन्न पहिलो टेस्ट पनि ८ विकेटले जितेको थियो । अब सिरिजको तेस्रो खेल डिसेम्बर १ देखि एडिलेडमा हुने तालिका रहेको छ ।

१३-  गृह मन्त्रायलले बर्दियाको बढैयाताल-४ की एक युवतीले नागरिकता नपाएर आत्महत्या रोज्न बाध्य भएको भनिएको घटनामा सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटनाको बारेमा सर्बत्र चासो र चिन्ता प्रकट भएपछी मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउदै मन्त्रालयले आइतबार सचिवस्तरीय निर्णय गर्दै, सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने गरी घटनाको छानविन गर्न समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई घटनाको निष्पक्ष र सत्यतथ्य रुपमा जाँचबुझ गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समितिलाई आदेश दिइएको छ । यसै घटनाको सत्यतथ्य छानबिन गर्न प्रधानमन्त्री सुशीला कार्कीले पनि गृहमन्त्री अर्याललाई निर्देशन दिएकी थिइन् ।

१४- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष तप बहादुर मगरले आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

१५- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएलगत्तै तीन जनालाई मन्त्री पदको शपथ गराइएको छ । जसमा जनमत पार्