अर्घाखाँची: शाइन बैकं धारापानी शाखाद्धारा भूमिकास्थान–४ का बिपन्न परिवारलाई न्यानो कपडा बितरण (तस्बिर सहित)

imagesimages

 

-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।

अर्घाखाँची, – शाइन रेसुङ्गा डेभलपमेन्ट बैकं धारापानी शाखाले भूमिकास्थान–४ का अतिबिपन्न परिवारलाई न्यानो कपडा बितरण गरेको छ ।

May be an image of one or more people and hospital

बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार एक कार्यक्रमको बिच १८ जना अतिविपन्न परिवारलाई ५० हजार बराबरको न्यानो कपडा बितरण गरेको हो ।

May be an image of one or more people, tree and textNepal life insurance

प्रति परिवार फाइवर सिरक र डसनासेट वितरण गरिएको बैकंका शाखा प्रबन्धक विश्वमणी अधिकारीले जानकारी दिनु भएको छ । कपडा बितरण गर्दै भूमिकास्थान–४ का वडाध्यक्ष बाबुराम पन्थीले चिसो समयमा बैंकले गरेको पवित्र कार्यले आर्थिक अवस्था कमजोर भएका परिवारलाई ठुलो राहत पुगेको बताउनुभएको छ ।

No photo description available.

मुलुकको समृद्धिका निम्ती सरकार र निजि क्षेत्र मिलेर काम गर्नु अपरिहार्य रहेको भन्दै उहाँले सामाजिक कार्यप्रति बैंकलाइ धन्यवाद दिनुभएको छ । यस्ता उदाहरणिय काम शाइनले बेलाबखतमा गर्दै आएको स्मरण गर्दै वडाध्यक्ष पन्थीले आगामी दिनमा पनि सामाजिक कार्यको निरन्तरतामा जोड दिनुभएको छ ।

images

May be an image of one or more people, people smiling, hospital and text

बैकंका धारापानी शाखा प्रबन्धक विश्वमणी अधिकारीको अध्यक्षता र दिपक पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष पन्थी, वडा सदस्य कमला खत्री, भूमा परियार, वडा सचिव निलम शाही, भूमिकास्थानका जेष्ठ नागरिक सञ्जाल अध्यक्ष खिमबहादुर के.सी., धारापानी स्वास्थ्यचौकी प्रमुख बिष्णु खड्का, स्वास्थ्य स्वयम् सेविका सिता खत्री, ग्ल्म्ए का प्रतिनिधि अमजद अली लगायतको बिशेष उपस्थिति रहेको थियो ।

images

May be an image of one or more people

शाइन रेसुङ्गा डेभलपमेन्ट बैकले खाता सञ्चालन र कारोवार, ऋण सुविधा, डिजिटल बैकिंङ्ग सेवा, रेमिट्यान्स लगायतका सेवाको साथै गाउघरमै सम्पुर्ण बैकिंङ्ग सुविधा प्रदान गर्दै आएको छ । यस्तै बैंकले सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य समेत गर्दै आएको बैकंका शाखा प्रबन्धक अधिकारीको भनाई छ ।

images

थप तस्बिरः

May be an image of one or more people and suit

May be an image of one or more people

May be an image of one or more people and text that says "NIKE"

Nepal life insurance

May be an image of one or more people

May be an image of smiling, temple and text

May be an image of one or more people, tree and text

May be an image of one or more people and suit

 

Nepal life insurance