सेवा नै धर्म: अर्घाखाँचीका मिर्गौला पीडित सागर परियारको उपचारमा देश–विदेशबाट आर्थिक सहयोग (तस्बिर सहित )

imagesimages

-अर्घाखाँची डटकम।

अर्घाखाँची – “सेवा नै धर्म हो” भन्ने मानवताको मूल भावलाई जीवन्त राख्दै, सन्धिखर्क नगरपालिका–४ निवासी २३ वर्षीय मिर्गौला पीडित युवा सागर परियारको उपचारमा देश–विदेशका नेपाली समुदायले उल्लेखनीय आर्थिक सहयोग प्रदान गरेका छन्।

सागर दुवै मिर्गौला फेल भइसकेको र परिवारिक अवस्था कमजोर भएका कारण उपचारमा कठिनाइ भोग्दै आएका थिए। यसै अवस्थालाई मध्यनजर गर्दै प्रत्यक्ष अभियन्ता र संस्थाकी सक्रिय सदस्य कान्छी मगरको पहलमा सहयोग अभियान सञ्चालन गरिएको थियो।

May be an image of one or more people, sherpa coat and text

अभियानमा मगर संघ क्षेत्रीय समिति, रियाद (साउदी अरब) का सदस्यहरू, साथै अन्य देशमा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीहरूले स्वेच्छिक रूपमा योगदान दिएका छन्। सहयोग रकम संकलनका लागि आयोजित विशेष कार्यक्रममा सामाजिक अभियन्ता कमल परियार सहित अन्य सहभागीहरूको पनि उपस्थिती रहेको थियो।


सहयोगी दाताहरूको उल्लेखनीय योगदान

पहिलो चरणमा योगदान गर्ने दाताहरूमा पूर्ण सारु मगर, जीत थापा मगर, हरि खत्री, कोपिला (विष्णु) भट्टराई, कुशल मगर, बबिमाया तामाङ, कान्छी मगर, लिला बराल मगर, ईम राना मगर, सोम गुरुङ, पूजा श्रेष्ठ, सूर्य श्रीस मगर, तेज मगर, विष्णु खड्का, टीका लिम्बू, विष्णु राई, मेरियाना फिलिपिनो, पेम्बा डोल्मा शेर्पा, चन्द्र थापा मगर, बालकृष्ण मगर, विजय थापा मगर लगायत धेरैको नाम उल्लेखनीय छ।

त्यस्तै, हरितालिका तीज २०२५ (अगष्ट १५) को अवसरमा आयोजित कार्यक्रममा गोकर्ण बुढाथोकी, अमर सापकोटा, हिमलाल सेवा, देवी तमु, यम तमु, मनकाजी तमु, भेष तमु, रेशम तमु, नारायण तमु, दुर्गा तमु, गमबहादुर तमु, युक्त महर्जन, धर्मनाथ महत, चन्द्रबहादुर थापा मगर, सुमन तमु, सन्तोष तमु, बुद्ध तमु, कर्णबहादुर पुन, राम तमु, ललित तमु, लोकबहादुर परियार, विष्णु मोक्तान, कूलबहादुर तमु, गीता आले मगर, छिरिङ शेर्पा, भीम तामाङ, शर्मिला राई, मीना, कल्पना, साईली तामाङ, विपना तामाङ, हर्क मगर, सरु तामाङ, माया तामाङ, राधिका, कान्छी थापा मगर, तुलसी मगर, ईश्वरी गिरि र ईश्वरी मगरलगायत ४० जना सहयोगीहरूले योगदान दिएका छन्।

May be an image of one or more people, sherpa coat and text

images

उक्त तीज कार्यक्रमबाट कुल १,५८५ साउदी रियाल (SR) संकलन भएको जानकारी आयोजकहरूले दिएका छन्। त्यसैगरी, सागरको उपचारका लागि साउदी अरबमा रहेका नेपालीहरूले ९५ हजार नेपाली नगद सहयोग प्रदान गरेका छन्।


सागरको उपचार र आगामी कदमहरू

अभियन्ताहरूले सहयोग प्रदान गर्ने सम्पूर्ण दाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै, सागर परियारको उपचार अझै जारी रहेको र आगामी दिनमा पनि सहयोग, सद्भाव र सहकार्यको अपेक्षा गरिएको बताएका छन्।

images

यस अभियानले नेपाली समाजमा मानवता, आपसी सहयोग र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

थप तस्बिरः

images

May be an image of one or more people, sherpa coat and text

Nepal life insurance