२०२६ को आइसीसी टी-२० विश्वकप खेल्ने भारतीय टिमको घोषणा

imagesimages

 

काठमाडौँ । भारतले २०२६ मा हुने आइसीसी टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

भारतीय टिममा टेस्ट र एकदिवसीय टिमका नियमित कप्तान शुभमन गिललाई समावेश गरिएको छैन । गिल यसअघि टी-२० टिमका उपकप्तान थिए । अब विश्वकपका लागि उपकप्तानको जिम्मेवारी अक्षर पटेललाई दिइएको छ ।

Nepal life insurance

टी-२० विश्वकपको लागि भारतीय टिम: सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सन्जु सामसन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिंकु सिंह, जसप्रित बुमराह, हर्षित राणा, अर्शदीप सिंह, कुलदीप यादव, वरुण चक्रवर्ती, वाशिंगटन सुन्दर, इशान किशन ।

भारत टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो । २०२६ को फेब्रुअरी ७ देखि शुरु हुने विश्वकपमा भारत समुह ए मा रहेको छ । भारतको समुहमा पाकिस्तान, नामिबिया, नेदरल्याण्डस र अमेरिका रहेका छन् । भारतले आफ्नो पहिलो खेल ७ फेब्रुअरीमै अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

 

Nepal life insurance