अर्घाखाँची: सन्धिखर्क नगरपालिका- ७ मा महिलाका लागि मादल बजाउने १० दिने तालिम सुरु (तस्बिर सहित)

imagesimages

 

-अनिल नेपाली , अर्घाखाँची डटकम।

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ७ को आयोजनामा महिलाहरूका लागि मादल बजाउने १० दिने तालिम आजदेखि सुरु गरिएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै महिलालाई सीपमूलक रूपमा सशक्त बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।

May be an image of one or more people, people smiling and text

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष चुरा बहादुर केसीले मादल नेपाली समाजको मौलिक वाद्यवादन भए पनि आधुनिक गीत–सङ्गीत र प्रविधिको प्रभावका कारण नयाँ पुस्तामा यसको अभ्यास क्रमशः घट्दै गएको उल्लेख गर्नुभयो। “मौलिक कला र संस्कृति संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो,” अध्यक्ष केसीले भन्नुभयो, “महिलालाई वाद्यवादनको सीप प्रदान गरेर संस्कृतिको संरक्षणसँगै स्वरोजगारका अवसर सिर्जना गर्ने लक्ष्यसहित यो तालिम सञ्चालन गरिएको हो।”

May be an image of one or more people and text

अध्यक्ष केसीका अनुसार तालिमपछि सहभागी महिलाहरूले गाउँ, टोल तथा ग्रामीण क्षेत्रमा आयोजना हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरूमा मादल बजाएर आयआर्जन गर्न सक्ने अपेक्षा गरिएको छ। यसले स्थानीय स्तरमा महिला आत्मनिर्भरता प्रवर्द्धन गर्ने विश्वास लिइएको उहाँको भनाइ थियो।

May be an image of one or more people and text

कार्यक्रममा वडा सदस्य मिना ज्ञवाली लगायतले मन्तव्य राख्दै यस्ता सीपमूलक तालिमले महिलाको क्षमता अभिवृद्धि हुनुका साथै मौलिक संस्कृतिको निरन्तरतामा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

images

May be an image of one or more people and text

कार्यक्रमको सञ्चालन वडा सचिव सीता बिसी पराजुलीले गर्नुभएको थियो। तालिममा वडा सदस्य पुष्पा नेपाली, प्रशिक्षक सन्देश रणपाल, सञ्चारकर्मी तथा स्थानीयको उपस्थिति रहेको थियो।

images

May be an image of one or more people and text

स्थानीय तहको पहलमा सुरु गरिएको यस तालिमले मौलिक कला संरक्षण, महिला सशक्तीकरण र स्थानीय रोजगारी प्रवर्द्धनलाई एकैसाथ जोड्ने कार्यक्रमका रूपमा लिइएको छ।

images

थप तस्बिर :

May be an image of one or more people and text

May be an image of one or more people, clarinet, accordion, violin and text

May be an image of one or more people

Nepal life insurance

May be an image of one or more people and text

May be an image of one or more people

Nepal life insurance