स्वीजरल्याण्डको स्की रिसोर्टमा विस्फोट, कैयौं हताहत भएको आशंका

imagesimages

 

काठमाडौँ । स्वीजरल्याण्डको क्र्यान्स-मोन्टानाको स्की रिसोर्टमा विस्फोट भएको छ । विस्फोटमा धेरै जनाको मृत्यु भएको बताइएको छ ।

Nepal life insurance

रिपोर्टका अनुसार प्रहरीले स्थानीय समय अनुसार बिहान १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको बताएको छ । सामाजिक सञ्जालमा प्रसारित भिडियोहरूमा बारमा आगो लागेको देखिन्छ । बारमा नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव आयोजना गरिरहेको समयमा विस्फोट भएकोले धेरै हताहत भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रहरीले विस्फोटबाट प्रभावित परिवारका लागि हेल्पलाइन स्थापना गरिएको बताएको छ। क्र्यान्स-मोन्टान स्विस आल्प्स पर्वत शृङ्खलामा अवस्थित एक लक्जरी स्की रिसोर्ट हो । यो स्विट्जरल्याण्डको राजधानी बर्नबाट लगभग दुई घण्टाको ड्राइभमा छ । यो शहर बेलायती पर्यटकहरूमाझ लोकप्रिय छ ।

 

Nepal life insurance