‘गोबर गणेश’ लाई महानायकदेखि दिग्गज कलाकारहरूको साथ, बल्छीको मेहनतलाई सबैको प्रशंसा

imagesimages

 

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको चलचित्र ‘गोबर गणेश’ यतिबेला चर्चाको केन्द्रमा छ। ट्रेलरले युट्युबमा तहल्का मच्चाइरहेकै बेला निर्माण टिमले चलचित्रको प्रचारप्रसारलाई झनै तिव्रता दिएको छ ।

Nepal life insurance

विशेष गरी निर्देशक बल्छी धुर्वे यतिबेला नेपाली चलचित्र क्षेत्रका दिग्गज हस्तीहरूलाई भेटेर चलचित्रको बारेमा जानकारी गराउन र आशीर्वाद लिन व्यस्त छन् । यसै क्रममा उनले महानायक राजेश हमाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, निर शाह, चर्चित अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला लगायतका थुप्रै कलाकारहरूसँग भेटघाट गरेका छन् ।

Single Image

भेटका क्रममा कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदारिताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । सानो पर्दा (टेलिभिजन) को एउटा कलाकारका रूपमा सुरु भएको उनको यात्रा आज ठूलो पर्दाको नायक र निर्देशकको तहसम्म पुग्नु सबैका लागि प्रेरणादायी रहेको उनीहरूको भनाइ छ ।

वरिष्ठ कलाकारहरूले बल्छीको यो साहस र लगनशीलताले नयाँ पुस्ताका कलाकारहरूलाई पनि मार्गनिर्देश गर्ने भन्दै ‘गोबर गणेश’ को सफलताका लागि शुभकामना दिएका छन् । दिग्गज कलाकारहरूबाट पाएको यो साथ र हौसलाले चलचित्रको टिम थप उत्साहित बनेको छ ।

एक साता अघि सार्वजनिक भएको  ‘गोबर गणेश’ को ट्रेलर करिब ३० लाख (३ मिलियन) पटक हेरिएको छ । ट्रेलर यतिबेला युट्युबको नम्बर १ ट्रेन्डिङमा छ । सामाजिक कथावस्तुमा आधारित हास्य र भावनाको समिश्रण रहेको यो चलचित्रलाई लिएर दर्शकमा पनि निकै कौतूहलता देखिएको छ ।

images

बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो चलचित्र आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभरका सिनेमा हलमा रिलिज हुँदैछ । यो चलचित्रमा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।

images

तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।

#गोबरगणेश #बल्छीधुर्वे #मरिचमानश्रेष्ठ #नेपालीचलचित्र #तहल्का #ट्रेलर #ट्रेन्डिङ #सिनेमा #माघेसंक्रान्ति #ArghakhanchiDotCom

images

Nepal life insurance