

काठमाडौं । काठमाडौँमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसका सुपर सिक्सका खेलहरु आजदेखि शुरु हुदैछन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आज सुपर सिक्सका तीन खेल हुदैछन् । आज टियु क्रिकेट मैदानमा बिहान ९ बजेदेखि बंगलादेश र स्कटल्याण्ड खेल्दै छन् । बंगलादेश विश्वकपमा छनौट भइसकेको छ भने स्कटल्याण्डले पनि आज को खेलमा जित हासिल गरेमा विश्वकपमा छनौट हुने छ ।

त्यस्तै आज अर्को खेल बिहान ९ बजेदेखि माथिल्लो मूलपानी क्रिकेट मैदानमा आयरल्याण्ड र नेदरल्याण्डसबीच खेल हुने छ । नेदरल्याण्डस यसअघि नै विश्वकपमा छनौट भइसकेको छ । आयरल्याण्ड भने विश्वकपमा छनौट हुन यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ । त्यसैगरी
आज दिउसो १ बजेदेखि माथिल्लो मूलपानी मैदानमा अमेरिका र थाइल्याण्डबीच खेल हुदैछ । दुवै देश अंकविहिन रहेकाले यस खेलको जितले उनीहरुलाई छनौटको दौडमा कायम राख्ने छ भने हारले बाहिर राख्ने छ ।

१० देशले भाग लिएको यस प्रतियोगितामा समुह चरणपछि समुह ए बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका तथा समुह बी बाट नेदरल्याण्डस, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा खेलिरहेका छन् ।
त्यस्तै आयोजक नेपालसहित चार देश बाहिरिएका थिए । समुह ए बाट पीएनजी र नामिबिया बाहिरिएका थिए भने समुह बी बाट नेपाल र जिम्बाबे बाहिरिएका थिए । नेपालले समुह चरणका ४ मध्ये एक खेलमा जितेपछि बाहिरिएको हो । नेपालले एक मात्र जित जिम्बाबेविरुद्ध हासिल गरेको थियो ।
अब सुपर सिक्समा हरेक देशले अर्को समुहका देशसँग एक एक खेल खेलेपछि शिर्ष चारमा हुने देश महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।
#महिलाT20 #WorldCupQualifiers #CricketNepal #SportsNews #SuperSix #2082माघ१६ #2026January30 #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



