ऋतिकको क्रिस-४ को निर्माणबाट पछि हट्यो यशराज फिल्म्स

 

काठमाडौँ । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश- ४ को निर्माण स्थगित भएको छ । फिल्मको तयारी लामो समयदेखि भएपनि अब भने निर्माण स्थगित भएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म अचानक स्थगित गरिएको छ । यस फिल्मको बजेटमा विवाद भएका कारण निर्माण स्थगित भएको बताइएको छ । ऋतिक रोशन  क्रिश- ४ को निर्माण लगभग ५०० करोड भारुको बजेटमा बनाउन चाहन्थे, तर यशराज फिल्मका आदित्य चोपडा र उनको टिमले बजेटको सिमा ३५० मात्र तय गरेपछि असमझदारी बढेको रिपोर्टमा उल्लेख छ ।

क्रिस-४ मा यसराजले ठुलो लगानी गर्नबाट पछि हट्नुमा ऋतिकको पछिल्लो फिल्म वार-२ ले अपेक्षा अनुसार कमाई गर्न नसक्नुलाई पनि हेरिएको छ । ३२५ करोडमा निर्माण गरिएको वार- २ ले भारतमा केवल २३५ करोड मात्र कमाई गरेको थियो ।

यस विवादका कारण, फिल्मलाई हालको लागि स्थगित गरिएको छ । ऋतिक रोशन अब बजेट अनुरूप स्क्रिप्टमा परिवर्तन गरेर क्रिश- ४ मा पुन: केन्द्रित गर्न अन्य स्टुडियोहरूसँग वार्तामा रहेको बताइएको छ ।

पहिलो क्रिश (२००६) र क्रिश ३ (२०१३) ले दर्शकहरूलाई आकर्षित गरेको थियो त्यसैले अर्को किस्ता ब्लकबस्टर हुने अपेक्षा गरिएको थियो ।

 

Nepal life insuranceimagesimages