अर्घाखाँचीमा रवि लामिछाने, चुनावी माहोल तात्यो, सन्धिखर्कमा गोधुलि साझमा जनसागर: “जनताको छातीमा गोली हान्ने, हेलिकोप्टर चढेर भाग्नेहरू फेरि चुनावमा आएका छन्, सावधान रहनुहोस्” (तस्बिर सहित )

अर्घाखाँचीमा रवि लामिछानेको प्रवेशसँगै चुनावी माहोल तात्यो, सन्धिखर्कमा गोधुलि साझमा जनसागर

अर्घाखाँची, सन्धिखर्क — आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आइपुग्दा जिल्लामा चुनावी सरगर्मी एकाएक तीव्र बनेको थियो।

बिहानैदेखि विभिन्न गाउँ–बस्तीका समर्थक र शुभेच्छुकहरू सन्धिखर्क बजारमा भेला भई लामिछानेको स्वागतमा जुटेका थिए। बजार क्षेत्र पार्टीका झण्डा, ब्यानर र नाराले रंगिएको थियो भने युवाहरूको उत्साहपूर्ण सहभागिताले सम्पूर्ण वातावरण चुनावी उत्सवमा परिणत भएको देखिन्थ्यो।

May be an image of one or more people and crowdNepal life insuranceMay be an image of one or more people and crowd

कार्यक्रममा महिला, युवा र जेष्ठ नागरिकको उल्लेख्य उपस्थिति रहेको थियो। भीड व्यवस्थापनका लागि स्वयंसेवक र सुरक्षाकर्मीहरू सक्रिय थिए। बजार क्षेत्रमा केही समय सवारी आवागमन व्यवस्थित गरिएको थियो। आयोजकका अनुसार कार्यक्रम शान्तिपूर्ण र अनुशासित ढंगले सम्पन्न भएको हो।

May be an image of one or more people, crowd and text

रवि लामिछानेको छोटो सम्बोधन: “अर्घाखाँचीले परिवर्तनको सन्देश दिन सक्छ”

सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले आगामी निर्वाचनलाई “जनताको आशा र भरोसाको परीक्षा”का रूपमा व्याख्या गर्दै पुरानो राजनीतिक संस्कारबाट मुक्त भई नयाँ ढंगले सुशासन र पारदर्शिता कायम गर्नुपर्ने आवश्यकता औंल्याए।

May be an image of one or more people, crowd and text

उनले भने, “अर्घाखाँचीले यसपटक स्पष्ट सन्देश दिन सक्छ— अब देशले नयाँ सोच र नयाँ नेतृत्व चाहन्छ।”

लामिछानेले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने, कृषि उत्पादनलाई बजारसँग जोड्ने, साना तथा मझौला उद्यमलाई प्रोत्साहन गर्ने र सरकारी सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने ठोस प्रतिबद्धता जनाए।

May be an image of one or more people, crowd and text

साथै उनले लोकतन्त्र विरोधी तत्वहरूले देशलाई अस्थिर पार्ने प्रयास गरिरहेको आरोप लगाउँदै मतदातालाई सचेत रहन आग्रह गरे। “हामी भाग्न आएका होइनौं, हेलिकोप्टर चढेर भाग्नेहरूले देशलाई बर्बादीतर्फ धकेल्ने प्रयास गरिरहेका छन्। त्यसैले सबै मतदाताले यसपटक चनाखो भएर निर्णय लिनुपर्छ,” उनले जोड दिए।

May be an image of one or more people and crowd

“जनताको छोराछोरिको छातीमा गोली हान्नेहरू फेरि चुनावमा आएका छन्, सावधान रहनुहोस्”

लामिछानेले भावनात्मक शैलीमा भने, “हामी जनताको छोराछोरीको छातीमा गोली हानेर, हेलिकोप्टर चढेर भाग्ने र भाग्ने राजनीति गर्न यहाँ आएका होइनौं। ती नै हेलिकोप्टर चढेर भाग्ने, जनताको छोराछोरीको छातीमा गोली हान्नेहरू फेरि पनि यो पटक चुनावमा आउँदै छन्। सावधान रहनुहोस्, त्यस्ता ्भगौडाहरुलाई झुकीएर पनि मत नदिनुहोस्।”

May be an image of one or more people and crowd

उनले थपे, “सचेत बनौं, गम्भीर बनौं। प्रत्येक मत परिवर्तनको सम्भावना बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुहोस्। घण्टीमा मतदान गरेर नयाँ युगको सुरुवात गरौं।”

“घण्टी चिन्हमा मतदान गरेर परिवर्तनको संकेत दिनुहोस्”

लामिछानेले अर्घाखाँचीका उम्मेदवार हरी प्रसाद भुसाललाई “घण्टी चिन्ह”मा मतदान गर्न आग्रह गर्दै भने, “यो निर्वाचन केवल उम्मेदवारको होइन, देशको भविष्यको लडाइँ हो। अर्घाखाँचीले पहिलो पटक ठूलो परिवर्तनको संकेत दिन सक्छ।”

May be an image of one or more people, crowd and text

उनले थपे, “हामीलाई एकपटक साथ दिनुहोस्। पाँच वर्ष हामीलाई हेरौं— यदि हामीले जनताको आम समस्यामा काम गर्न सकेनौं भने अर्को चुनावमा हामीलाई मत नदिनुहोस्। तर यसपटक परिवर्तनका सम्भावना बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई देशभरि मत दिएर आफ्नो भाग्यरेखा कोर्ने अवसर नछुटाउनुहोस्।”

May be an image of one or more people, crowd and text

लामिछानेले मतदातालाई आफ्नो एक–एक मत देशको विकास र सुशासनको आधार बन्ने विश्वास दिलाउँदै भने, “हामी तपाईंको प्रत्येक मतको हिसाब–किताब राजनीतिक र राष्ट्रिय परिवर्तनमार्फत दिनेछौं। घण्टीमा मतदान गरेर नयाँ युगको सुरुवात गरौं।”

स्थानीय प्राथमिकता र जनगुनासा

कार्यक्रममा स्थानीयवासीहरूले सडक स्तरोन्नति, खानेपानी, स्वास्थ्य सेवा, शिक्षा सुधार, कृषि विकास र रोजगारी सिर्जनाका विषयमा गुनासा राखे। लामिछानेले ती समस्याहरू निर्वाचनपछि प्राथमिकताका साथ समाधान गर्ने आश्वासन दिए।

May be an image of one or more people, crowd and text

स्थानीय जनता, युवा, महिला र वृद्धहरूले उम्मेदवार हरी प्रसाद भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा दृढ समर्थन जनाएका थिए।

व्यस्त कार्यक्रमबीच सन्धिखर्क आगमन

आफ्नो व्यस्त राजनीतिक कार्यक्रमबीच साँझको समयमा सन्धिखर्क आइपुगेका लामिछानेले सुपा देउराली मन्दिरमा दर्शन गरी ठाडा चाकला, पथर्कोट हुँदै कपिलवस्तुमा हुने जनभेटघाट कार्यक्रममा सहभागी हुने तयारी गरेको पार्टिले जानकारी दिएको छ।

May be an image of one or more people and crowd

सुरक्षा र व्यवस्थापन

कार्यक्रममा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। भीड व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको थियो। बजार क्षेत्रमा केही समय सवारी आवागमन व्यवस्थित गरिएको थियो। आयोजकका अनुसार सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको हो।

थप तस्बिर :

May be an image of one or more people, crowd and text

May be an image of one or more people and crowd

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and textMay be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people, speaker and crowd

May be an image of one or more people, speaker and crowd

May be an image of one or more people

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people, speaker and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people, speaker and crowd

May be an image of one or more people, crowd and text that says "mi xiaomi"

May be an image of one or more people, crowd and text

May be an image of one or more people, crowd and text that says "Mi xiaomi H"

May be an image of one or more people, crowd and text that says "xiaom"

May be an image of one or more people and crowd

May be an image of crowd

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people and crowd

May be an image of one or more people, crowd and text

#अर्घाखाँची #सन्धिखर्क #रविलामिछाने #राष्ट्रियस्वतन्त्रपार्टी #निर्वाचन२०८२ #घण्टीचिन्ह #नेपालराजनीति #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages