

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाको दमकस्थित ईन्द्रेणी तालमा पुगेर मोटरबोट चढेका छन् ।
मंगलबार प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा-५ उम्मेदवार समेत रहेका ओली दमकका मतदातासँग भेट गर्ने क्रममा दमकको वडा नम्बर १० पुगेर मोटरबोट चढेका हुन् ।

ओलीले अन्य यात्रुहरूसँगै मोटरबोट चढेर तालको अवलोकन गरेका हुन् ।
दमकको दक्षिणी भेगमा रहेको ईन्द्रेणी ताललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने प्रयास स्वरूप केही समय अघि देखि सो मोटरबोट सञ्चालनमा ल्याइइएको थियो ।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले चुनौती दिएपछि ओली मतदाताको घरदैलो पुगेर गुनासो सुन्न व्यस्त देखिएका छन् ।
#KPSharmaOli #IndreniTaal #NepalPolitics #PoliticalVisit #NewsUpdate #CurrentAffairs #NepalNews #LeaderActivity #PoliticalJourney #NepalTour #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



