नागढुङ्गाबाट करिब १२ लाखभन्दा बढी मूल्यको चाँदीसहित एक जना पक्राउ

 

काठमाडौँ । काठमाडौंको चन्द्रागिरी नगरपालिका- २ नागढुङ्गास्थित जाँच चौकीबाट प्रहरीले करिब १२ लाखभन्दा बढी मूल्य बराबरको चाँदी बरामद गरेको छ ।

मंगलबार अपराह्न वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१–००६ ख ५५२९ नम्बरको यात्रु बसलाई प्रहरी प्रभाग नागढुङ्गा र लागू औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले जाँच गरेको थियो ।

जाँचका क्रममा बसमा यात्रा गरी आएका पर्सा जिल्लाको फेटा गाउँपालिका–६ बस्ने १७ वर्षीय आशु श्राबको साथमा रहेको कालो झोलाभित्र सेतो प्लास्टिकले बेरी लुकाइछिपाइ ल्याइएको अवस्थामा २ केजी ९०० ग्राम तौल भएको चाँदीका दाना फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको चाँदीको अनुमानित मूल्य १२ लाख १४ हजार ५ सय २० रुपैयाँ रहेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर, काठमाडौंमा बुझाइएको जनाइएको छ ।

 

Nepal life insuranceimagesimages