“अन्तिम इच्छा सोध्नेलाई २१ गते जनताले जवाफ दिनेछन्” – रवि लामिछाने, चितवनबाट सुरु ‘निलो क्रान्ति’ देशकै पहिलो शक्ति बन्ने दाबी

 

चितवन  – रवि लामिछाने ले चितवनबाट सुरु भएको ‘निलो क्रान्ति’ अब देशभर फैलिएको र आफ्नो पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने दाबी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले मंगलबार चितवन–१ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आगामी फागुन २१ गतेको मतदानलाई सामान्य निर्वाचन नभई परिवर्तनको ऐतिहासिक अवसरका रूपमा चित्रण गरे।

Nepal life insurance

उनले भने, “तीन वर्षअघि चितवनले रोपेको यो निलो क्रान्ति आज देशभर फैलिएको छ। इतिहास रच्ने यात्रा यहीँबाट सुरु भएको हो, र अब देशभरका नागरिक परिवर्तनका लागि तयार छन्।”

चितवनलाई उर्वर भूमि, देवभूमि र इतिहास लेख्ने भूमि भन्दै उनले यस पटकको निर्वाचनले देशको दिशा बदल्ने विश्वास व्यक्त गरे।

सभापति लामिछानेले आफूविरुद्ध भएका राजनीतिक र कानुनी चुनौतीहरूबारे उल्लेख गर्दै त्यसको न्यायिक लडाइँ आफैँ लड्ने तर वर्षौँदेखि जनताका सपना अधुरा राख्ने शक्तिहरूसँग भने जनताले नै हिसाब गर्ने बताए।

“मलाई मध्यरातमा बेडरुममा छिरेर ‘तेरो अन्तिम इच्छा के हो?’ भनेर सोधिएको थियो,” उनले भने, “त्यो प्रश्नको जवाफ मैले दिएको छैन। मेरो अन्तिम इच्छा के हो भन्ने कुरा २१ गते जनता स्वयंले दिनेछन्।”

उनले फागुन २१ गतेको मतदानलाई ‘क्रान्तिको दिन’ भन्दै देशव्यापी समर्थनको आह्वान गरेका छन्।

#रविलामिछाने #निलोक्रान्ति #चितवनसभा #निर्वाचन२०२६ #राजनीतिकअपडेट #जनताकोजवाफ #नेपालराजनीति #समसामयिकघटना #मुख्यसमाचार #देशकोशक्ति #राजनीतिकदाबी #नेपालसमाचार #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages