

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न कसलाई जिताउने भन्दा पनि देशलाई कसले सम्हाल्छ भन्ने भएको बताएका छन् ।

नेपाली काँग्रेसले बुधबार जनकपुरधाममा आयोजित प्रतिज्ञा सभामा बोल्दै उपसभापति शर्माले चुनावको मैदानमा भिन्न प्रवृति देखिएको बताउदै भदौ २३ अगाडी देशमा सबै ठिक थियो भन्ने छ र अर्को प्रवृति पुराना सबै बेठिक भएको भन्ने रहेको भन्दै निर्वाचनले देश सम्हाल्नेलाई जिताउनुपर्ने बताएका हुन् ।

उनले सबैले चुनाव अगाडी साझा संकल्प गरेर अगाडी जान आग्रह गर्दै भने- ‘सबै पुस्तालाई, सबै दललाई, साझा सोचको विकास गरौँ, गोलमेच गर्नुपर्छ गरौँ, देशलाई सुशासनमा लैजाने साझा संकल्प गरेर जाउँ । हामी अपिल गर्न चाहन्छौं ।’
उपसभापति शर्माले भदौं २३ को विद्रोहको जडमा पुगेर सम्बोधन गर्न नसकेमा १० बर्षपछि अल्फाको नेतृत्वमा अर्को विद्रोह भोग्नुपर्ने बताए । उनले काँग्रेसले फागुन २१ मात्र नहेरेको बताउदै आफुहरुले २०९२ सालसम्म के के गर्ने हेरिरहेको बताए ।
उनले आफैलाई बदलेर देश बदल्न आएको बताउदै मतदातालाई नयाँ र पुरानो अलमलमा नपर्न आग्रह गरेका छन् ।
#विश्वप्रकाशशर्मा #भदौ२३ #नेपालराजनीति #विद्रोहकोचेतावनी #राजनीतिकसंवाद #मुख्यसमाचार #समसामयिकसमाचार #नेतृत्व #देशनिर्माण #जनआवाज #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



