रुकुमको नयाँ सपना पूरा गर्ने जनार्दन शर्माको संकल्पः ‘म कामदार हुँ, जनता मालिक’

 

प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ । चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो ।

उहाँले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउनु भयो । शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो ।

यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पु¥याउने उहाँको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो । युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘केही सपनाहरु हामीले हिजो देख्याँै र ती आज आइपुग्दा एक हदसम्म पूरा भएका छन् । र आज फेरि हामीले रुकुमको नयाँ सपना छ हामीसँग, रुकुमको नयाँ सपना छ । त्यो सपनालाई पूरा गर्ने अभिभारा हामी सबैले फेरि एकसाथ भएर अगाडि बढ्नुपर्नेछ । पहिलो कुरा जब ६४ मा २०६३–६४ देखि मैले संसदमा रुकुमको नेतृत्व गर्दै आइरहेको छु । त्योभन्दा अघिल्लो फेज भनेको अधिकारको लागि लड्ने फेज थियो । एउटा हाम्रा समानताका लागि, अधिकारका लागि लड्ने, उत्पीडनका विरुद्ध लड्ने फेज थियो भने पछिल्लो अवधि भनेको समृद्धिका लागि, विकासका लागि, सुखका लागि, सुविधाका लागि हामीले संघर्ष ग¥यौं । ६४ देखि यता आइपुग्दा ६४ मा मैले सबैको अगाडि गरेका प्रतिवद्धताहरु थिए । ती के थिए भने अब हामी सबै हरेक गाउँहरुमा सडक सञ्जाल पु¥याउनु पर्छ । हामीले भारी बोक्ने डोको बोक्ने कुराको अब अन्त्य गर्नुपर्छ र यातायातको सुविधा र पहुँच पु¥याउनु पर्छ भनेर मैले भनेको थिएँ । अब अध्यारोमा बस्ने कुराको पनि अन्त्य गरेर सबैतिर उज्यालो बनाउनुपर्छ भनेर कुरा राखेको थिएँ । अब गाग्रीमा खोलामा गएर मूलमा गएर पानी बोक्ने अवस्थाबाट अन्त्य गरेर अब घरभित्रै धारा आउने अवस्था बनाउनुपर्छ र हाम्रा सामान्य स्वास्थ्य उपचारहरुका हाम्रा टोलटोल र गाउँ वडाभित्र हाम्रा उपचार केन्द्रहरु हुनुपर्छ । हाम्रा अस्पतालहरु अलि जिल्लाहरुमा पनि ठूलो बन्नुपर्छ । जिल्लाभित्रै सकभर सबै उपचार हुने व्यवस्था गर्नुपर्छ आदि भनेर मैले प्रश्तावित गरेको थिएँ । त्यति मात्र होइन, आज हरेक क्षेत्रलाई मद्दत पु¥याउनका लागि ५० रुपैयाँ तिरेर फोन चार्ज गर्ने गरेको मध्ये तपाईहरु यही हुनुहुन्छ होल ा। त्यो अवस्थाबाट हामी यो अवस्थामा आइपुगेका छौँ । त्यसैगरी दोस्रो कुरा हाम्रो स्वास्थ्य क्षेत्रमा वडा गाउँघर क्लिनिकदेखि वडाको स्वास्थ्य चौकीदेखि जिल्ला अस्पतालहरु, पालिका अस्पतालहरु हुँदै क्षेत्रीय खालको अस्पताल जुम्ला, सुर्खेत र चौरजहारीलाई एउटा केन्द्र मानेर त्यो खालको अस्पताल आज सञ्चालन भइरहेका छन् । त्यो पर्याप्त छैन । त्यसलाई अझ एउटा ठूलो ३०० बेडको अस्पतालमा पु¥याएर हामीले सबै उपचार जिल्लामै गराउनुपर्ने गरी त्यो कुरा अगाडि बढेको छ । मेडिकल कलेज बनाउने गरी । त्यस क्षेत्रबाट पनि एउटा उपलब्धि हासिल हामी गर्दैछौँ । यी अब खानेपानीको एक घर एक धारा भन्ने हामीले जुन नारा दिएका थियौँ, त्यो नारा अन्तर्गत कामहरु अगाडि बढेका छन् ।’

मतदाताहरूसँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ को संज्ञा दिनुभयो ।

#JanardanSharma #Rukum #NepalPolitics #PublicCommitment #DevelopmentNepal #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #PoliticalUpdate #LeadershipNepal #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages