जिल्लालाइ समुन्नतिको मार्गमा डोर्‍याउने प्रतिज्ञा सहित उम्मेद्बार खनालद्वारा जिल्ला दौडाहा सम्पन्न।(तस्बिर सहित )

जिल्लालाइ समुन्नतिको मार्गमा डोर्‍याउने प्रतिज्ञा सहित उम्मेद्बार खनालद्वारा जिल्ला दौडाहा सम्पन्न

 

अर्घाखाँची डटकम संवाददाता।

अर्घाखाँची – नेपाली काङ्ग्रेसको तर्फ बाट अर्घाखाँचीको लागि प्रतिनिधि सभा सदस्य पदका उमेदवार बिष्णु प्रसाद खनाल मुस्कानले जिल्लाका ६१ वार्डका सक्रिय काङ्ग्रेस कार्यकर्ता र आम मतदाता संग भेटघाट गरि मत अपिल गरेका छन । उनले जिल्ला बाहिर बस्ने विभिन्न सम्पर्क समिती र मतदाता संग पनि जिल्ला बाहिरका स्थानमा उपस्थित भएर भेटघाट गरेका हुन ।

May be an image of one or more people and temple

जेन जि आन्दोलन र सार्वजनिक संरचना ध्वस्त पारिएको बिशेष परिस्थितिमा संसद विघटन भएको हुदा प्रतिनिधि सभाको ०८४ मा हुन पर्ने निर्वाचन ०८२ फागुन २१ मा हुदैछ । यो निर्वाचनले देशभर १६५ प्रत्यक्ष तर्फ र समानुपातिक तर्फ ११० गरि २७५ सांसद निर्वाचित गर्ने छ ।

May be an image of one or more people and temple

अर्घाखाँचीको मालारानी -४ स्थायी घर भएका खनाल नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री समेत हुन । खनालले सुधारिएको काङ्ग्रेसलेनै देशलाइ सहि मार्गमा डोर्याउन सक्ने पनि मतदाताहरु संग बताएका छन । बिशेष महाधिवेशन पछि गगन थापाको नेतृत्वको काङ्ग्रेसनै आजको भरोसा भएको पनि उनको दावी छ ।

May be an image of one or more people and people smiling

images

मुस्कानले आफू अर्घाखाँचीबाट निर्वाचित भएर गएपछि निति निर्माणमा आफ्नो उल्लेखनीय उपस्थिति राख्दै जिल्लाको समग्र बिकासको लागि प्रतिनिधि सभामा आवाज उठाउने र समग्र जिल्लालाई उन्नतिको बाटोमा डोर्‍याउने प्रतिज्ञा समेत गरेका छन ।

May be an image of one or more people and text

images

जिल्लामा अधुरा रहेका अर्घा भगवती बिमानस्थल , सालझन्डी, सन्धिखर्क ढोरपाटन सडक जस्ता आयोजना पूरा गर्ने , गोरुसिङे सन्धिखर्क सडकको स्तरोन्नति गर्ने , पर्यटन क्षेत्रको विशेष योजना ल्याइ पर्यटन बिकास गर्ने , शितगंगा लाई विशेष क्षेत्र घोषणा गराउने जस्ता योजना लिएर आफू संसद छिर्न लागेको उमेदवार खनालको भनाइ छ ।

May be an image of temple and text

images

घरदैलो र भेटघाटका क्रममा उल्लेखनीय उपस्थिति र उत्साहजनक सहभागिताले जनताको साथ , विश्वास र अपार भरोसा रहेको मुस्कानको दावी छ ।

May be an image of one or more people and text

उनले यो भरोसा टुट्न नदिने प्रतिबद्धता पनि भेटघाटका क्रममा बताउदै आएका छन । उनले यो साथ र भरोसाले सिंगो काङ्ग्रेसलाई थप उर्जा दिएको र समग्र जिल्लाको बिजय सुनिश्चित रहेको दावी पनि गरेका छन ।

 

Nepal life insurance

#बिष्णु_प्रसाद_खनाल #मुस्कान #नेपालीकाङ्ग्रेस #प्रतिनिधिसभा_निर्वाचन२०८२ #अर्घाखाँची #चुनावी_गतिविधि #लोकतन्त्र #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages