अर्घाखाँची कांग्रेस एकजुट,अन्य दलमा विग्रह


अर्घाखाँची कांग्रेस एकजुट,अन्य दलमा विग्रह
नेपाली कांग्रेसले यसपाली उत्साहका साथ निर्वाचनमा भाग लिदैछ ।
देशैभर नयाँ उर्जाका साथ नेपाली कांग्रेस निर्वाचन केन्द्रित छ । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्य समिती चयन गरेसँगै गाउँ गाउँमा उत्साह छाएको छ ।
एकजुट कांग्रेस
६१ वटा वडा रहेको अर्घाखाँचीमा अहिलेको निर्वाचनमा काँग्रेस एकजुट भएको छ । ‘केन्द्रमा गगन, अर्घाखाँचीमा मुस्कान’ भन्दै तल्लो तहसम्मका कार्यकर्ता यसपटक काँग्रेसलाई जिताउन एकतावद्ध देखिन्छन् । संगठनात्मक रुपमा सन्धिखर्क र शितगंगा नगरपालिका तथा पाणिनी र छत्रदेव गाउँपालिकामा बलियो देखिएको काँग्रेस मालारानी गाउँपालिकामा तुलनात्मक रुपमा कमजोर मानिन्छ । तर, मालारानीबाटै मुस्कान उम्मेदवार बनेपछी स्थानियवासिन्दा मुस्कानलाई मत दिने पक्षमा छन् ।


अर्घाखाँचीमा भएका अन्य उम्मेदवार मध्ये मुस्कान अब्बल उम्मेदवार भएकाले पनि अर्घाखाँचीमा काँग्रेसहरु एकतावद्ध भएका छन् । आफ्नो वडा आफै जिताउने भन्दै जिल्लास्तरीय नेताहरु वडा वडामा खटेर मुस्कानलाई विजयी बनाउन लागी परेका छन् । केन्द्रीय उपसभापति पुष्पा भुसाल, केन्द्रिय सदस्य कमल प्रसाद भुसाल, पुर्व केन्द्रिय सदस्य रेवती प्रसाद भुसाल, वरिष्ठ नेता डा। राम बहादुर बिसी, जिल्ला सभापति केशव श्रेष्ठ, दक्षिण खाँचीका प्रभावशाली नेता तथा महाधिवेशन प्रतिनिधी सुर्य प्रसाद अधिकारी, युवा नेता तथा महासमिति सदस्य लेखनाथ पोख्रेल, यादव प्रसाद घिमिरे, ईन्द्रमणी पौडेल लगायतका नेता एकजुट छन् ।


मुस्कानले निर्वाचन जिते काँग्रेस सरकारमा जादाँ मन्त्री बन्ने अग्रस्थानमा पर्ने भएकाले पनि धेरै नेता कार्यकर्ता उनलाई जिताउन लागी परेका छन् । जिल्ला विकासमा मन्त्री बनेपछी धेरै कुरा गर्न सकिने उनिहरुको भनाई छ । लुम्बिनी प्रदेशको सहमहामन्त्री समेत रहेका मुस्कानले जिल्लाको सबै भुगोल चिनेको परिचित उम्मेदवार हुन । अखण्ड लुम्बिनी कायम राख्न देखी स्थानिय तह पुनःसंरचनामा मुस्कानकै खाका अनुसार अर्घाखाँचीका दलहरु सहमत भएका थिए । हरेक ठाउँमा प्रभावशाली मानिएका मुस्कान अर्घाखाँचीका अन्य उम्मेदवारको तुलनामा धेरै अँगाडी छन् ।
विग्रहमा एमाले
जिल्लामा एमाले भित्रको विवाद सुल्झिन सकेको छैन । अधिवेशनमा दुई गुटमा विभाजन भएको एमालेमा एक पक्ष असन्तुष्ट बनेको प्रत्यक्ष फाईदा काँग्रेसलाई पुग्ने देखिन्छ । भुमिकास्थान र मालारानीमा एमालेकै नेताहरु असन्तुष्ट हुदाँ काँग्रेसलाई सहज हुने देखिन्छ । एमाले भित्र पनि महाधिवेशनबाट रामजी घिमिरे, गिता भाट, प्रेमनारायण गैरे, श्रीकृष्ण भुसाल पराजित भएसँगै कार्यकर्ता तहसम्म नै असन्तुष्टी बढेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्य र एमालेका जिल्ला अध्यक्ष तथा अहिलेका उम्मेदवार पिताम्बर भुसालले पेल्ने रणनीति लिएर बहालवाला सांसदलाई समेत प्रतिनीधि छनौटमा रोकेको कार्यकर्तामा गुनासो छ । यसको फाईदा कांग्रेसले लिने राजनीति वृत्तमा चर्चा छ ।
रास्वपा भित्र पनि असन्तुष्टी
रास्वपाको एक पंक्ती पनि उम्मेदवार अव्वल नभएको भन्दै असन्तुष्ट छ । रास्वपाले बालेन निकटकालाई अर्घाखाँचीमा टिकट नदिएपछि केही व्यक्तीहरु असन्तुष्ट छन् । चुनावप्रचारमा सँगै हिडेका रास्वपाका नेताहरु नै अर्घाखाँची जित्ने सुचीमा नै नरहेको बताउँदै आएका छन् । रास्वपामा दिनेश घिमिरे र नारायण खनाल टिकटको आकांक्षी थिए, तर जिल्ला समितिले जालझेल गरेर टिकट नदिएपछी उनिहरु असन्तुष्ट छन् ।
रोमन रायमाझीसहितका नेताहरु पनि टिकटको लाईनमा थिए । बिना प्रक्रिया टिकट दिईएको भन्दै उनिहरु रुष्ट छन् । त्यसैपनि संगठनात्मक रुपमा कमजोर रास्वपाले ह्विमका आधारमा आफुले जित्ने दावि गरिरहेको छ । रवि र बालेनको अनुहार देखाएर यहाँ निर्वाचन जित्ने उनिहरुको रणनिती कती हितकर होला त्यो निर्वाचन परिणामले देखाउने छ । रास्वपाका उम्मेदवार हरी प्रसाद भुसाल नयाँ दलबाट उम्मेदवार बनेको भनिएपनि उनी पुरानै उनुहार हुन् । कुनै लाभको पदमा नबसेपनि उनको सांसद पदको लडाई भने यो तेस्रो पटक हो । २०७४, २०७९ को निर्वाचनमा उनी पराजित भएका उम्मेदवार हुन् ।

एमाले र रास्वपामा असन्तुष्टि बढ्दा काँग्रेसलाई जित निकाल्न सहज हुने धेरैको विश्लेषण छ । यसैपनि उन्य उम्मेदवारको तुलनामा मुस्कान हेवि वेट नेता हुन् । जिल्लाका सबै समस्या र आवश्यक्ताहरुबारे उनलाई राम्रो ज्ञान छ । जिल्लाको प्रतिनिधीत्व गरेर संसद छिर्ने नेतालाई जिल्लाको राम्रो ज्ञान हुन जरुरी छ । मुस्कानको सम्भावना, आधार र धरातल बलियो देखिएको छ ।
#अर्घाखाँची_कांग्रेस #एकजुट_कांग्रेस #VoteForCongress #अर्घाखाँची #PoliticalUnity #CrisisInOpposition #Election2026 #अर्घाखाँची_राजनीति #CongressAdvantage #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



