निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था, निर्धक्क भएर मतदान गर्न आयोगको आग्रह

निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रवन्ध मिलाइएको स्पष्ट पारेको छ ।  विगतका अभ्यासहरुलाई समेत मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो ।

सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा सुरक्षा चुनौतीका विषयमा आएका अतिरञ्जित र भ्रामक सूचनाहरुप्रति ध्यानाकर्षण गर्दै आयोगले त्यस्ता हल्लाहरुमा सत्यता नरहेको प्रष्ट पारेको छ । सबै सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिएको र सुरक्षा मन्त्रालयहरुमार्फत भरपर्दो व्यवस्था मिलाइएकोले मतदाताहरु त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको प्रवक्ता भट्टराईले बताउनु भयो । आयोगले मतदाताहरुलाई कुनै पनि डर, त्रास, दबाब वा प्रभावमा नपरी निर्धक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रमा जान र आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपिल गरेको छ ।

उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षाको लागि भरपर्दो प्रवन्ध मिलाइएको छ । मतदाताहरुले निधक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रसम्म जाने र कसैको दबाब र प्रभावमा नपरिकन आफूलाई मन परेको मन पराएको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने वातावरणका लागि सुरक्षाको कुनै चुनौती छैन । सबैतिर शान्ति सुरक्षाको अवस्था भरपर्दो रुपमा मिलाइएको छ । र मतदाताहरु अब मतदान गर्न जानलाई कुनै खालको अवरोध छैन ।’

शान्ति सुरक्षाको अवस्था मजबुत रहेकोले मतदान गर्न जानका लागि कुनैपनि प्रकारको अवरोध नरहेको आयोगको भनाइ छ ।

#निर्वाचन_सुरक्षा #मतदान_आग्रह #लोकतन्त्र #सुरक्षितमतदान #ElectionSecurity #NepalElections #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages