

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका थोरै स्थानहरू आंशिक बादल लागेको छ भने बाँकी पहाडी भू-भागमा मौसम मूख्यतया सफा रहको छ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो लागेको छ।


आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ र दिउँसो मौसम मुख्यतया सफा रहनेछ ।
त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। तराई भू-भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।
#आजको_मौसम #मौसम_पूर्वानुमान #WeatherUpdate #NepalWeather #ClimateForecast #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



