हल्काफुल्का अभिव्यक्ति नदिन र सरकारी अस्पतालमा उपचार गराउन रास्वपा सांसदहरूलाई सभापति लामिछानेको आग्रह

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई सार्वजनिक अभिव्यक्ति दिँदा सचेत रहन निर्देशन दिनुभएको छ ।  सांसदहरू अब हिजोको जस्तो सामान्य अभियन्ता वा पेशाकर्मी मात्र नरहेको भन्दै उहाँले पदीय गरिमा कायम राख्न आग्रह गर्नुभएको हो ।

मिडियामा आउन र भाइरल हुन रमाइलो लाग्ने भए पनि त्यसले पार्ने गम्भीर असरबारे सांसदहरूको ध्यानाकर्षण गराउनु भयो । कुनैपनि सार्वजनिक अभिव्यक्ति दिनुअघि पार्टी पंक्तिसँग सरसल्लाह गर्न उहाँले निर्देशन दिनुभयो । सभापति लामिछानेले आफ्ना सांसदहरूलाई सकेसम्म सरकारी अस्पतालमा उपचार गराउन आग्रह गर्नुभयो । जनताले पाउने दुःख र सास्तीको महशुस सांसदहरूले पनि गर्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्काफुल्का रूपमा प्रश्तुत हुने छुट कसैलाई पनि छैन, मलाई पनि छैन । भोट दिएका जनताको शीर झुक्ने काम कसैको कुनै अभिव्यक्ति वा क्रियाकलापबाट हुनु हुँदैन । प्रत्येक भोटको इज्जत हुनुपर्छ । तपाईंले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा वा अर्थतन्त्रमा जे प्रभाव पार्छ, त्यो कुरा याद नगरी हल्काफुल्का बोल्नुभयो भने देशलाई दीर्घकालीन असर गर्नसक्छ । यदि अझै पनि म हिजोकै जस्तो सार्वजनिक अभिव्यक्ति दिन्छु भन्ने लाग्छ भने तपाईंहरू सांसदको भुमिकाबाट बाहिर जान सक्नुहुन्छ । म तपाईंहरूलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस् । जनताका छोराछोरीलाई जुन अप्ठ्यारो पर्छ, तपाईंले मात्र सुविधा प्राप्त गर्नु जायज होइन । सरकारी सेवालाई चुस्त बनाउने हो भने हामीले त्यहीँबाट सेवा लिनुपर्छ ।’

सांसद भएको ब्याज वा सर्टिफिकेटले एकाएक ज्ञान नदिने भन्दै उहाँले निरन्तर अध्ययन गर्न र संसद नचलेको बेला ठूला सेमिनारमा भन्दा गाउँ, टोल र चिया चौतारामा गएर जनताका समस्या सुन्न सांसदहरूलाई निर्देशन दिनुभयो ।

#रविलामिछाने #RSP #NepalPolitics #सांसद #सरकारीअस्पताल #राजनीति #नेपालसमाचार #Leadership #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages